• -राजकुमार यादव

    रौतहट न्यूज// राष्ट्रिय जनगणना २०७८ नेपाल सरकार राष्ट्रिय योजना आयोग केन्द्रिय तथ्यङ्ग विभाग स्थानीय जनगणना बौधीमाई द्वारा आयोजित एक कार्यक्रम मेरो गणना,मेरो सहभागिता बौधीमाई नगरपालिकाको कार्यपालिका कार्यलय देखी सुरु भएको जनचेतना मुलक कार्यक्रम सरमुजवा बंकुललाई परिक्रमा गरी नगर कार्यपालिकाका कार्यलय सम्म भव्य र सभ्यका साथ सम्पन्न भएको छ।

    देशको निश्चित सिमाना भित्र बसोबास गर्ने सबै मानिसहरु महिला,पुरूष,लैङ्गिक तथा यौनिक अल्पसंख्याक,जेष्ठ नागरिक,युवा ,बालबालिका र अपाङ्गता भएका व्याक्तिको विवरण एकै समयमा सङकलन गर्नु नै जनगनणा हो। देशै भरी एकै साथ कार्तिक २५ गते बिहिवार देखी मंसिर ९ गते सम्म हुने महाजनगणना अभियान आज देखी सुरु भएको हो।

    नेपालको संविधान २०७२ अनुसार निर्वाचन क्षेत्र निर्धारण, अल्पसंख्याक समुहको पहिचान,नीतिहरू तर्जुमा आदि गर्दा जनसंख्यालाई प्रत्यक्ष रूपमा आधार मानिएको छ। यसका अतिरिक्त संविधानमा उल्लेखित विषय जस्तै: मौलिक हकको कार्यान्वयन, नीति कार्यान्वयन तथा तीनवटै तहका सरकारका अधिकार सुचीबमोजिम कार्यक्रमहरू सञ्चालन गर्न जनगणना बाट प्राप्त हुने तथ्याङ्गलाई प्रमुख अधार रूपमा लिइन्छ। त्यसैले जनगणना बाट संकलन भएका तथ्यङ्ग देशको समाजिक,आर्थिक विकास योजना तर्जुमा र अध्ययन अनुसन्धानलगायत देश विकासका लागि अति नै उपयोगी हुने केन्द्रिय तथ्याङ्ग विभाग थापाथलीले जनाएको छ।

    सो अनुसार कोही न छुटियुन्,कोही न दोहरियोन्,र मेरो गणना,मेरो सहभागीता मुख्य नाराको साथ करारमा रहेका सुपरीवेक्षक र गणक पदका कर्मचारीहरूले बंकुल बजार परिक्रमा गरेका छन्। सो कार्यक्रममा बौधीमाई नगरका स्थानीय जनगणना आधिकारी विजय प्रसाद यादव , खरीदार बालमिकी प्रसाद चन्द्रवंशी, नगर उपप्रमुख प्रेमलाता कुशवाहा बौधी नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृत रामेश्वर यादव र स्थानीयहरूको सहभागित रहेको थियो।