रौतहट न्यूज़/
आईटी आर्मीका राष्ट्रिय संयोजक चन्द्र भुषण साहले बुधवार साँझ जारी गरेको शोक वक्तव्यमा सर्वपक्षीय छानबीन तथा सुझाव समिति/संयन्त्र गठनको जोडदार माग गरेका छन् ।
उनले, पछिल्लो समय देशमा बढ्दै गरेको सवारी दुर्घटनालाई लक्षित गर्दै “नेपाल सरकार सहितको सम्बन्धित नियामक निकायहरु, सेवा प्रदायक व्यवसायी तथा सेवाग्राहि आमजनसमुदायलाई यस प्रकृतिको पुनः हुनसक्ने सम्भाव्य दुर्घटनाप्रति थप सचेत एवं जिम्मेवार रही समयमैं आवश्यक उच्च सुरक्षा सतर्कता नियमित रुपमा अपनाउन सबै पक्षलाई एकमुष्ट विशेष आग्रह समेत गरेका छन् ।”
संयोजक साहले, “दुर्घटना पीड़ित परिवारलाई तत्काल आवश्यक/उचित क्षतिपूर्तिको व्यवस्था, घाईतेहरुको शिघ्र नि:शुल्क स्वास्थ्य उपचारको प्रबन्ध तथा दुर्घटना हुनु पछाडिको सत्य-तथ्यमा आधारित यथार्थ विस्तृत विवरण तयार पार्न सर्वपक्षीय उच्च स्तरीय छानबीन तथा सुझाव संयन्त्र/समिति तत्काल खडा गरी यी र यस्ता समस्याहरुको ठोस एवं दीर्घकालीन समाधानको दिशामा शिघ्र अगाडि बढ्न एवं तादरूकताका साथ विशेष पहलकदमी लिन नेपाल सरकारसंग जोडदार माग गरेका छन् ।
युवा नेता साहले, “मुगु, सिन्धुपाल्चोक, अछाम, स्याङ्जा, डडेलधुरा, कास्की लगायतका स्थानहरुमा भएको सवारी दुर्घटनामा परि ठुल्लो संख्यामा जिउधनको क्षति भएको घटनाप्रति गहिरो चिन्ता एवं दुख व्यक्त गर्दै ज्यान गुमाएकाप्रति भावपूर्ण श्रद्धाञ्जली, घाईतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना सहित शोकाकुल परिवार तथा आफन्तजनमा गहिरो समवेदना समेत व्यक्त गरेका छन् ।”
-
मौलापुर नगरपालिका ४ मा एकै घरमा आमा छोरीको शव फेला परे ।
- राजकुमार यादव रौतहट न्यूज़/ रौतहटको मौलापुर नगरपालिका ४ बौधा पतौरामा आमा छोरी सहित दुई जाना मृत अवस्थामा फेला परेको...
- विद्यालय व्यवस्थापन समितिका पदाधिकारी हरू बिच छलफल।
- कृषि मिटरको महसुल वाडकार्यालयले तिर्ने वडाअध्यक्ष साहको घोषणा
- माधव नारायण नगरपालिकाको पाँचौ नगर सभा सम्पन ,