• राजकुमार यादव

    रौतहट न्यूज़// राष्ट्रपति विद्यादेवी भण्डारीले वागमती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईं पदमुक्त गरी प्रदेश प्रमुखमा यादवचन्द्र शर्मालाई नियुक्त गरेकी छन् ।

    मन्त्रिपरिषद्को निर्णय र प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति भण्डारीले प्रसाईंलाई पदमुक्त गरेकी हुन् । बिहीबारको मन्त्रिपरिषद बैठकले उनलाई पदमुक्त गर्ने निर्णय लिएको थियो ।

    मन्त्रिपरिषद्को निर्णय र प्रधानमन्त्रीको सिफारिसमा शर्मा प्रदेश प्रमुख नियुक्त भएका हुन् । नवनियुक्त प्रदेश प्रमुख शर्मा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालनिकट हुन् । नेपाल प्रधानमन्त्री हुँदा शर्मा प्रमुख स्वकीय सचिव थिए ।