–राजुकमार यादव
रौतहट न्यूज़//
सामाजिक न्याय, सुशासन तथा समाजवादप्रति प्रतिबद्ध संगठन (𝐈𝐓 𝐀𝐫𝐦𝐲) आई. टी. आर्मीले रौतहट जिल्लाको ६ नगरपालिकामा शक्ति प्रदर्शन गरेका छन्। मुलुकमा व्याप्त दुराचार, भ्रष्टाचार एवं बेथितीका विरुद्ध समाजमा जनचेतना फैलाउन तथा शशक्त संघर्ष गर्नका लागि व्यापक जनाधार निर्माण एवं परिचालन गर्ने गराउने मुख्य अभिप्रायले आयोजित ऐतिहासिक मोटरसाईकल र्याली रौतहट जिल्लाको मौलापुर नगरपालिका,देवाही गोनाही नगरपालिका,गरूडा नगरपालिका,गुजरा नगरपालिका,कटहरिया नगरपालिका र माधव नरायण नगरपालिकामा मोटरसाईकल र्यालि गरेको हो।
भ्रष्टाचारीहरू खबरदार , लुट आंतक बंद गर,लाल गद्दार होशियार, वीर शहिद लाल सलामको नारा लागाउदै रौतहट जिल्लाको विभिन्न स्थानमा जनशक्ति प्रर्दशन गरेका छन्। सो कार्यक्रममा दश हजार मोटरसाइकिल सहितको अपार जनसहभागिता रहेको थियो। देशमा सुशासन, समृद्धि, विकास र समाजवादको आधारस्तम्भ निर्माणमा समेत महत्वपूर्ण योग्दान पुग्ने दृढ़ विश्वासको साथ अगाडी बढने आई.टी.आर्मीको राष्ट्रिय संयोजक चन्द्र भुषण साहले बताउनु भयो। सो कार्यक्रममा क्षेत्र नं ३ ख विधायक कुन्दन कुशवहा,नेकपा नेता त्रिभुवन साह (अमर साह),मौलापुर न.पा.की नगर प्रमुख रीना कुमारी साह,कहरिया न.पा. का नगर प्रमुख सियाराम कुशवाहा,माधव नरायण न.पा.की उप मेयर सिमल साह लगायत विभिन्न तहतपकाका नेता तथा कार्यकर्ताको उपास्तिति रहेको थियो।
-
मौलापुर नगरपालिका ४ मा एकै घरमा आमा छोरीको शव फेला परे ।
- राजकुमार यादव रौतहट न्यूज़/ रौतहटको मौलापुर नगरपालिका ४ बौधा पतौरामा आमा छोरी सहित दुई जाना मृत अवस्थामा फेला परेको...
- विद्यालय व्यवस्थापन समितिका पदाधिकारी हरू बिच छलफल।
- कृषि मिटरको महसुल वाडकार्यालयले तिर्ने वडाअध्यक्ष साहको घोषणा
- माधव नारायण नगरपालिकाको पाँचौ नगर सभा सम्पन ,