• रमेश कुमार यादब
    असार २९,रौतहट
    रौतहट न्यूज़// रौतहट जिल्लाको गढीमाई नगरपालिका द्वारा निस्कासन गरिएको गिट्टी बालुवा तथा पटके सवारीसाधन करको रकम ठेकेदारले असारमसान्तको अन्तिम सातामा पनि नगरपालिकाको खातामा बक्यौता रकम जम्मा गराएको छैन्।

    आर्थिक बर्ष २०७७/०७८ मा नगरपालिकाले निस्कासन गरिएको नदी जन्य उत्खननको टेन्डर प्रिन्स कन्ट्रक्सनलाई परेको थियो। कन्ट्रक्सनका साहु प्रान किसोर यादवले सो टेन्डरमा लगभग ६ महिना बागमती नदीबाट गिट्टी बालुवा उत्खनन गरेको थियो। नदी जन्य उत्खनन बापत प्रत्येक महिना ३० लाख जम्मा गर्नु परेमा यादवले २५ लाख रकम नगरपालिकामा जम्मा गरेको र १० लाख धरौटी रकम जम्मा गरि बक्यौता रकम अहिले सम्म जम्मा नगरेको मेयर श्याम प्रसाद यादवले जनाएको हो।

    रौतहटको गढीमाई नगरपालिकामा ठेकेदार यादवले नदीजन्य उत्खनन गरी विभिन्न ठाउँमा भण्डारण गरि धमाधम बिक्रीवितरण गरि रहदा पनि सम्बन्धित नगरपालिकाले कुनै कार्वाही थालेको छैनन्। सो ठेकेदारले छम्ता भन्दा बढी उपकरणहरु नदी जन्य उत्खननमा चलाई रहदा सो उपकरणहरु नियन्त्रणमा लिएको थियो। पछि केही चर्चित ब्यक्तिको दवाबमा सो उपकरणहरु बाध्य भई छोड्नु परेको जिल्ला समन्वय समिति रौतहट उप सभापति राम आशिष् यादवले बताए।

    ठेकेदार यादवलाई पटक पटक बक्यौता रकम जम्मा गर्न भनेता पनि ठेकेदार यादवले सो रकम जम्मा नगरी उत्खनन गरि भण्डारण गरेको गिट्टी बालुवा धमाधम बिक्रीवितरण गरिरहेका छन्। यस बिषयमा नगर प्रमुख श्याम यादव संग सम्पर्क गर्दा असारमसान्त भित्र बक्यौता रकम ठेकेदार यादवले जम्मा गरेनन् भने साउन महिनाको पहिलो सातामा कार्वाही प्रकृया अगाडि बढाउने बताएको हो। तर ठेकेदार यादवले भण्डारण गरि बिक्रीवितरण गरि रहदा त्यसमा कुनै ध्यानाकर्षण न भएको स्थानीयले आरोप लगाएका छन्।