ललन यादब
रौतहट न्यूज//
मधेशी एशोसिएसन (MAA) in america california को सहयोगमा रौतहटलाई कोरोना महामारी न्यूनीकरणका लागि प्रयोग हुने विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ। एशोसिएसनले कोरोना महामारी न्यूनीकरणका लागि सहयोगी हुने भन्दै नेपाली कांग्रेस रौतहटका सभापति कृष्णप्रसाद यादवको समन्वयमा जिल्ला अधिकारी इन्द्रदेव यादवलाई उक्त सामग्री हस्तान्तरण गरिएको हो।
अधिकारी यादवले ती स्वास्थ्य सामग्री जिल्ला स्वास्थ्य कार्यालयलाई जिम्मा लगाउनेछन्। kN95 माक्स १५० थान ,फेसशिल्ड २०० सय, पिपिई ईन्डियन ७० थान, फेसमास्क ३००, ह्याण्ड स्यानिटाइजर १५० सय एमएलको ३ सय, स्प्रे पम्प ३ वटा, सेफ्टी गगल्स २०० सय थान, अक्सिजन पाईप ४५ वटा हस्तान्तरण गरिएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ। यस्तै धनुषा जनकपुरको अस्पताललाई फेसशिल्ड १ सय, पिपिई १ सय, ह्याण्ड स्यानिटाइजर १ सय, स्पे पम्प दुई वटा फेसमास्क २ सय र सेफ्टी गगल्स १ सय वटा हस्तान्तरण गरिएको एशोसिएसनले जनाएको छ।
रौतहटकै चन्द्रपुर अस्थाई कोभिड अस्पताललाई भीटीएम विथ भीटीएम स्टीक २०० सय , head shiled : १०० pc , ppc indiain -३० हस्तान्तरण गरिएको छ। साथै सैनिक मेयजरलाई spray pamp -१ ppc indian -७ pc कोरोना लगायत विभिन्न विपदको समयमा आगामी दिनमा पनि विभिन्न सहयोग गर्न तयार भएको एशोसिएसनका अध्यक्ष दिनेश शाहले नेपालमा जस्तोसुकै संकट बेला सहयोग गर्दै आएको व्यक्ति हुन । एशोसिएसनले यसअघि पनि विभिन्न सामाजिक कार्यमा सहयोग गर्दै आएको छ।
गढीमाई नगरपालिकाका मेयर श्याम प्रसाद यादव ज्युको पनि उपस्थिति थियो । कोभिड १९ महामारीका कारण नेपालको परिस्थिति गम्भीर हुँदै जाँदा अन्तर्राष्ट्रिय निकायका दाताहरु विभिन्न सामग्रीहरु सरकारलाई हस्तान्तरण गर्ने क्रम जारी राखेको छ।
-
मौलापुर नगरपालिका ४ मा एकै घरमा आमा छोरीको शव फेला परे ।
- राजकुमार यादव रौतहट न्यूज़/ रौतहटको मौलापुर नगरपालिका ४ बौधा पतौरामा आमा छोरी सहित दुई जाना मृत अवस्थामा फेला परेको...
- विद्यालय व्यवस्थापन समितिका पदाधिकारी हरू बिच छलफल।
- कृषि मिटरको महसुल वाडकार्यालयले तिर्ने वडाअध्यक्ष साहको घोषणा
- माधव नारायण नगरपालिकाको पाँचौ नगर सभा सम्पन ,