–राजकुमार यादव
रौतहट न्यूज़// सर्लाही जिल्लाका प्रभावशाली युवा नेता चन्द्र भुषण साहले नेपालको कम्युनिष्ट आन्दोलन निरन्तर अग्रगमनको दिशामा अगाडि बढनुपर्ने कुरामा जोड दिएका छन ।
सर्वोच्च अदालतको पछिल्लो फैसलाले तत्कालीन दुई दल मिली बनेको नेपाल कम्युनिस्ट पार्टी (नेेकपा) को एकता नामाकरणको प्राविधिक कारणले गर्दा शुन्यतामा गई साविकका दुवै दल नेेकपा (ऐमाले) र नेकपा (माओवादी केन्द्र) पुरानैं अवस्थामा फर्केको भएतापनि व्यवहारिक, वैचारिक, सांगठनिक एवं वैज्ञानिक रुपले यो विषय किमार्थ उचित हुननसक्ने युवा नेता साहको जिकिर छ ।
समय सदैव अगाडि बढ्छन् । समयलाई रोक्ने वा पछाडि धकेल्ने कुरा विज्ञान विरोधी हो । नेकपाको हैसियतमा लगभग तिन वर्ष संगसंगै अगाडि बढिसकेको सहयात्रा फेरी शुन्यताकैं अवस्थामा यानेकी जस्ताको त्यस्तै पुरानैं अवस्थामा फर्किने कुरा दिनलाई दिउसैं रात बनाउँछु भन्ने जस्तै हो ।
“अहिले आएर तत्कालीन नेेकपा (ऐमाले) र नेकपा (माके) फेरी पुरानैं सार र स्वरूपमा पछाडि फर्कनु भनेको पश्चगमन हो । त्यसैले, नेपालको एकीकृत कम्युनिष्ट आन्दोलनको संशलेषणलाई नयाँ उचाईका साथ अग्रगमनको दिशामा निरन्तर अगाडि बढाउन अपरिहार्य छ ।” नेता साहले आफ्नो आधिकारिक फेसबुकमा लेखेका छन् ।
-
मौलापुर नगरपालिका ४ मा एकै घरमा आमा छोरीको शव फेला परे ।
- राजकुमार यादव रौतहट न्यूज़/ रौतहटको मौलापुर नगरपालिका ४ बौधा पतौरामा आमा छोरी सहित दुई जाना मृत अवस्थामा फेला परेको...
- विद्यालय व्यवस्थापन समितिका पदाधिकारी हरू बिच छलफल।
- कृषि मिटरको महसुल वाडकार्यालयले तिर्ने वडाअध्यक्ष साहको घोषणा
- माधव नारायण नगरपालिकाको पाँचौ नगर सभा सम्पन ,