• -अजय यादव वियोगी ,कलैया ,बारा ।

    रौतहट न्यूज़// बाराको ऐतिहासिक एवम् पुरातात्त्विक नगरी सिम्रौनगढ नगरपालिकामा कानुन नहुँदा सबै क्षेत्र मनोपरि बढदै गएको छ ।स्थानीय तह आए लगत्तै सुधारको अपेक्षा गरेको भएपनि क्रमिक केही सुधार भएको छैन । सिम्रौनगढ नगरपालिका वडा नम्बर -२ रानीवास मन्दिर नजिकै रहेको तरकारी बजारमा व्यापारीहरुले आतक मच्चाउन थालेका छन् । प्रति दिन लाग्ने यस तरकारी बजारमा नगरपालिकाको केही चासोपासो समेत छैन ।

    स्थानीय व्यापारीहरुले मनोमानी किसानसँग तरकारी किन्ने गरेको स्थानीय हरेन्द्र कुशवाहाले बताउनुभयो ।नगरपालिकाको केही चल्दैन व्यापारीहरुले तरकारी बजार अांतक मच्चाउने अाखडा बनाएपनि सरोकारवालाहरुको ध्यान पुग्न नसकेको स्थानीयबासी कुशवाहाको भनाइ रहेको छ । ऐतिहासिक स्थलमा लाग्ने तरकारी बजारमा बिचौलियाहरुको बिगबिगी नै रहेको अर्का किसान श्यामसुन्दर मण्डलले बताउनुभयो ।

    जोर जबर्जस्ती गरेर व्यापारीहरु किसानसँग तरकारी किन्ने गरेको स्थानीय किसान मण्डलको भनाइ रहेको छ । तरकारी किसानको हातमा हुदाँ समेत व्यापारीले मेरो समान हो मर मोलाई गरि कमिसन कमाउनको निम्ति झगडा गर्न पछि नपर्ने गरेको स्थानीय समाजसेवी जितेन्द्र यादवले बताउनुभयो ।नजिकै ईलाका प्रहरी कार्यालय भएपनि व्यापारीहरुले आफ्नै दम्भ देखाउने गरेकोले बजारको कुनै प्रगति नभएको स्थानीयबासीको भनाइ रहेको छ ।

    सिम्रौनगढमा तरकारीको उत्पादन बढेपनि बजारीकरणको समस्या रहेको खजानी लगायतका गाउँको किसानहरुको गुनासो रहेको छ ।सबेरै लाग्ने तरकारी बजारमा भारतीय व्यापारीहरुको समेत बिगबिगी रहने गरेको स्थानीय व्यापारी नरेश साहले बताउनुभयो ।गुण्डा गर्दी शैलीमा व्यबहार हुने गरेको भएपनि नगरपालिकाले डरले केही कदम उठाउन सकेको छैन ।अधिकाँश व्यापारीहरुले किसानलाई धम्काउनुको साथै आफैसँग तरकारी बेच्न समेत बाध्य पार्ने गरेको बजारमा तरकारी बेच्न आएका किसानहरुले बताएका छन् ।

    सिम्रौनगढ अहिले अांतक मच्चाउने होईन ,गुण्डा गर्दी गर्न समेत पछि नपरेका कारण तरकारी बजारको बदनाम हुने गरेको छ ।प्रत्येक दिन व्यापारी र किसानसँग लफडा हुने गरेको स्थानीय समाजसेवीहरुको भनाई रहेको छ ।सिम्रौनगढ नगरपालिकाको कार्यालय देखि नजिकै पर्ने तरकारी बजारको अवस्था हेर्दा कुन सरकार अाएको हो ,बुझ्न गार्‍हो भएको सिम्रौनगढका उमाँशकर सहनीले बताउनुभयो ।तरकारी बजार ठेक्का पट्टामा लागेको छैन ,मनोमानी बजार लगाई सोझासाझा जनतालाई ठग्ने गरेको हालै रहस्य बाहिर अाएको छ ।व्यापारीबाहेक अन्यलाई तरकारी बिक्रीवितरण गर्न लाग्दा ती व्यापारीहरुले किसान र ग्राहक माथि नै जाई लाग्ने गरेका छन् ।

    गुण्डागर्दी शैली अपनाई किसान र ग्राहक बिच दुरी कायम गरि बिचौलियाहरुले खुबै मोटो रकम कमाउन थालेका छन् ।विगतमा सिम्रौनगढको नाम भएपनि अहिले खुला सिमाना कारण सिधै बजार अाई भारतीय व्यापारीहरु समेत तरकारीको मोल बढाउन थालेका छन् ।नेपाली तरकारीको समस्या हुदाँ हुँदै भारतीय तरकारी अाउदा बजारमा हलचल मच्ने गरेका छन् ।

    १ जना सरसफाइकर्मी बाहेक अन्य कोही नभएको व्यापारीहरुले बताउने गरेका छन् ।स्थानीयबासीहरुले व्यापारीको आतंकले अहिले बजार छवि धम्लाउन थालेको बताएका छन् ।बाराको १६ पालिका मध्ये सिम्रौनगढ नगरपालिकाले ध्यान नदिदाँ स्थानीय व्यापारीले अांतक मच्चाउन थालेका छन् ।विभिन्न तरकारीको थोक तथा बिक्रीवितरण हुने गरेको छ ।हाल सम्म बजार व्यवस्थित हुन सकेको छैन ।जनप्रतिनिधि अाएपनि गतिला काम गर्न सकेका छैन ।पत्रकार देखि हामी डराउदैनौँ ,यहाँ नीति नियम छैन ,न कानुन छ ,हामी जे गर्छौ ,त्यहीँ हुन्छ एक जना व्यापारीले भने हामी यहाँको दादा हौ ,सबै व्यापारी हाम्रै कब्जा रहेको रहेको र जे मन लाग्ने त्यहीँ गर्ने उनीहरुको भनाइ रहेको छ ।सभ्य भाषाको प्रयोग गर्न नचाहने यस्ता तरकारी व्यापारीलाई कानुनी दायरमा ल्याउन जरुरी रहेको छ ।सिम्रौनगढको तरकारी बजारमा भईरहेको अवैधानिक कामप्रति उपभोक्ता स्वयम् सचेत हुनु जरुरी रहेको छ । बाराको तरकारी बजार मध्ये सबैभन्दा विवादित बजार सिम्रौनगढ बजारलाई बदनाम गराउने समुहको पहिचान गरि रोक्न आवश्यका भईसकेको स्थानियहरूको भनाई समेत रहेको थियो।