• हरेन्द्र कुमार साह

    रौतहट बैशाख ०७ । नागरिककाे व्यक्तिगत घटना तथा समाजिक सुरक्षा, तिनै तहको सरकारको अभियान अन्तर्गत व्यक्तिगत घटना दर्ता शिविर राजपुर नगरपालिकामा आजबाट सुरु भएको हो ।

    देशभरीका सम्पुर्ण नगरपालिका गाउँपालिकामा दर्ता शिविर भैइरहेकोमा राजपुर नगरपालिकामा पनि ब्यक्तिगत घटना दर्ता शिविर आज देखि सुरु भएको हो ।

    राजपुर नगरपालिकाको वडा नं.१ पिप्रा भगवानपुरमा आयोजित उद्घाटन कार्यक्रममा नगर प्रमुख मोसकिल अख्तर ले औपचारिक रुपमा उद्घाटन गरि दर्ता शिविर सुरु भएको हो ।

    मेयर मोसकिल अख्तरले सामाजिक सुरक्षा, गुनासो दर्ता, ब्यक्तिगत घटना दर्ता गर्न छुटेका साथै सामाजिक सुरक्षाको लागी उमेर पुगेका लाभग्राहीहरूले शिविरमा आई दर्ता गर्नुहुन अनुरोध गरेका हुन् ।
    लगभग एक महिना सम्म चल्ने यो शिविर नपाको प्रत्येक वडाको फरक फरक तीन ठाउँमा तीन दिन सम्म चल्ने आयोजक पक्षले जानकारी दिए ।