रौतहट न्यूज़// पुनर्नियुक्ति पाएका ४ मन्त्रीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शितलनिवासमा चार मन्त्रीलाई पद तथा गोपनियताको शपथ ग्रहण गराउनु भएको छ । आज शुक्रबार शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले ऊर्जामन्त्रीमा टोपबहादुर रायमाझी, सहरी विकासमन्त्रीमा प्रभु साह, उद्योग, वाणिज्य तथा आपूर्तिमा लेखराज भट्ट र श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा गौरीशङ्कर चौधरीलाई सपथ गराएकी हुन् । संविधानमा सांसद पदमा बहाल नरहे पनि ६ महिना मन्त्री बन्न पाउने व्यवस्था छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले शुक्रबार उनीहरुलाई पुनर्नियुक्ति गरेकी थिइन् । माओवादी केन्द्र परित्याग गरेका रायमाझी, साह, चौधरी र भट्टलाई केहीदिन अघि पार्टीले दल त्यागको सूचना संसद् सचिवालयमा पठाएको थियो ।उनीहरूलाई राष्ट्रपति भण्डारीले संविधानको धारा ८० अनुसार मन्त्री पदमा पुनः शपथ गराएकी हुन् । चारैजना यसअघि सोही मन्त्रालयका मन्त्री थिए ।
सुचना! सुचना!! सुचना!!!
व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा भत्ता दर्ता अभियान सञ्चालन सम्बन्धी सूचना!
-
मौलापुर नगरपालिका ४ मा एकै घरमा आमा छोरीको शव फेला परे ।
- राजकुमार यादव रौतहट न्यूज़/ रौतहटको मौलापुर नगरपालिका ४ बौधा पतौरामा आमा छोरी सहित दुई जाना मृत अवस्थामा फेला परेको...
- विद्यालय व्यवस्थापन समितिका पदाधिकारी हरू बिच छलफल।
- कृषि मिटरको महसुल वाडकार्यालयले तिर्ने वडाअध्यक्ष साहको घोषणा
- माधव नारायण नगरपालिकाको पाँचौ नगर सभा सम्पन ,