अजय यादव वियोगी ,कलैया ,बारा ।
रौतहट न्यूज़//
राष्ट्रिय हातिपाईले रोग निवारण कार्यक्रम अन्तर्गत आम ओषधि सेवन अभियान सम्बन्धि महिला स्वयंसेविकाहरुको १ दिन अभिमुखिकरण गोष्ठी पचरौता नगरपालिकाको सभा हलमा सम्पन्न भएको छ ।पचरौता नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा उक्त अभिमुखिकरण गोष्ठी सम्पन्न भएको हो ।
स्वास्थ्य चौकी बैनौली अन्तर्गत पर्ने स्वंयसेविकाहरुको सहभागिता रहेको थियो ।स्वास्थ्य शाखा बैनौलीका ईन्चार्ज लालमोहर यादव र नरेश ठाकुरले प्रशिक्षण दिएका थिए ।कार्यक्रममा २३ जना स्वयंसेविकाहरुको सहभागिता रहेको थियो ।तर सुविधा केही नभएको स्वयंसेविकाहरुले गुनासो गरेका थिए ।पिउनको लागि पानी समेत नभएको यस्तो आयोजनाले के सिक्ने भन्दा खाली भत्ता पकाउन काम भएको स्वयंसेविकाहरुले गुनासो गरेका थिए ।
हातिपाईले रोग निवारणको नाममा कागज मै सबै कुरा हुने गरेको जानकारहरुले बताएका छन् ।नगरपालिकाको कार्यालयमा स्वास्थ शाखाका प्रमुखको नम्बर कसैसँग समेत नभएको र स्वास्थ्य शाखाले के काम गर्दछ केही जानकारी नदिने गरेको स्थानीयबासीले बताएका छन । पचरौता नगरपालिकाको काम काज कागज मै हुने गरेको मेयर र उप मेयर समेतले केही गर्न नसकेको बैनौलीका स्थानीयबासीले बताएका छन् ।स्वास्थ्य जस्तो संवेदनशील शाखामा लापरबाही देख्नु अाफैमा गम्भीर प्रश्न उब्जने ठाउँ भएको स्थानीय महिलाहरू बताएका छन् ।के कति भत्ता आएको हो कसैलाई जानकारी समेत नदिने गरेको एक स्वयंसेविकाले बताईन ।हामीले यस बिषयमा पटकपटक प्रश्न उठाए पनि सुनवाइ नभएको उहाँको भनाई रहेको छ ।यस बिषयमा मेयर ,उप मेयर ,निमित्त प्रमुख प्रशासकीय अधिकृत तथा स्वास्थ्य शाखाका प्रमुखको प्रतिक्रिया लिन खोज्दा समेत कसैको उपलब्ध हुन सकेको छैन ।
आम जनताको कामको लागि जनप्रतिनिधि अाएपनि यस्ता गतिविधिले विभिन्न शंका उपशंका उब्जाएको स्थानीय बुद्धिजीवीहरुको भनाइ रहेको छ ।आज मेयर रमेशकुमार यादव ,उप मेयर ईन्दु देवी यादव ,र स्वास्थ्य शाखाका प्रमुख सबै अनुपस्थित रहेका थिए ।अाज पचरौता नगरपालिका खुलेपनि कुनै काम हुन नसकेको सेवाग्राहीले बताएका छन् ।भनेर बाराबाट हाम्रा सहकर्मी अजय यादव वियोगीले जानकारी दिएका छन् ।
-
मौलापुर नगरपालिका ४ मा एकै घरमा आमा छोरीको शव फेला परे ।
- राजकुमार यादव रौतहट न्यूज़/ रौतहटको मौलापुर नगरपालिका ४ बौधा पतौरामा आमा छोरी सहित दुई जाना मृत अवस्थामा फेला परेको...
- विद्यालय व्यवस्थापन समितिका पदाधिकारी हरू बिच छलफल।
- कृषि मिटरको महसुल वाडकार्यालयले तिर्ने वडाअध्यक्ष साहको घोषणा
- माधव नारायण नगरपालिकाको पाँचौ नगर सभा सम्पन ,