राजुकमार यादव
रौतहट न्यूज़ /
/ बिहिवार मौलापुर नगरपालिका स्थित लक्ष्मीनियाँ माध्यमिक विधालयमा साक्षरताका लागि सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टीका नेता एवम् शहरी विकास मन्त्री प्रभु साहले सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गरेपछि माननीय प्रभु साहको जीत भएको बताएका छन्। मंत्री साहले निर्वाचनको लागि तैयारीमा जुटेको थियो। तर सर्वोच्च अदालतको फैसलाले विना मेहनत र विना निर्वाचन संसदमा रहन दिने मोका दिएकों मंत्री साहले बताएका छ्न्।
मंत्री साहको विरोधमा डिजे बजाउने र अविर उडानेहरूलाई मंत्री प्रभु साहले विशेष धन्यवाद दिएको हो। प्रभु साहले मंन्त्री पदबाट हटेको छैन् पद मेरै रहेको जिक्र गरेका छन्। लाख प्रयास गरे पछि माधव नेपाल र पुष्प कमल दहाल (प्रचण्ड) प्रधानमंत्री पद पाउदैन केपी ओली गुट नै मंत्री पदमा रहने छ। जो कोई मंत्री हुन्छ हाम्रो पार्टी नेकपा केपी ओली कै माननीय मन्त्री हुने छ। मंत्री साहले बताए।
अहिले देशमा राजनीतिक परिस्थिति बदलिएको छ । ताजा जनादेशमार्फत देशलाई नयाँ दिशा दिन सरकारले चालेको कदमलाई उल्टाउदै सम्मानित सर्वोच्च अदालतले संसद पुनर्स्थापना गरेको छ । हामी अदालतको फैसलाको सम्मान गर्छौं। तर यसले देशलाई अस्थिरता तर्फ धकेल्ने कुरा पनि कसैबाट लुकेको छैन । किनकि अब नयाँ सरकार निर्माणका लागि गणीतिय फोहोरी खेलको सुरुवात हुने छ । केही मान्छेहरु अहिले सोही अस्थिरता र फोहोरी खेलका लागि उत्सव मनाइरहेका छन् । मन्त्री साहले बताएका छन्।
सो कार्यक्रममा प्रदेश सभा सदस्यद्वय कुन्दन कुशवहा एवम् महम्मद समीर, स्वकीय सचिव विजय यादव,चन्द्रभुषण साह, युवा नेता शनी गुप्ता, कटहरिया नगरपालिकाको प्रमुख सियाराम कुशवाहा , मौलापुर नगरपालिकाकी प्रमुख रीना कुमारी साह, नेकपा प्रदेश सदस्य त्रिभुवन साह , मौलापुर नगरपालिकाको उपप्रमुख गौरीशंकर जयसवाल, देवाही गोनाही नगरपालिकाकी उपप्रमुख परनिया देवी, नेता चन्देश्वर बैठालगायतका जनप्रतिनिधि एवम् नेताहरुको उपस्थिति रहेको थियो ।
-
मौलापुर नगरपालिका ४ मा एकै घरमा आमा छोरीको शव फेला परे ।
- राजकुमार यादव रौतहट न्यूज़/ रौतहटको मौलापुर नगरपालिका ४ बौधा पतौरामा आमा छोरी सहित दुई जाना मृत अवस्थामा फेला परेको...
- विद्यालय व्यवस्थापन समितिका पदाधिकारी हरू बिच छलफल।
- कृषि मिटरको महसुल वाडकार्यालयले तिर्ने वडाअध्यक्ष साहको घोषणा
- माधव नारायण नगरपालिकाको पाँचौ नगर सभा सम्पन ,