रौतहट न्यूज़//
रौतहट जिल्लाको मध्ये भाग गरुडामा नेपाल कम्युनिष्ट पार्टीका बृहत भेला कार्यकार्ता कार्यक्रम सम्पन्न भएको छ। नेपाल कम्युनिष्ट पार्टीका नेता तथा सहरी विकास मन्त्री प्रभु साहले माधव नेपाललाई सिधा निशाना बनाएका छन्। आफ्नै गृह जिल्लामा काम न गरी प्रभु साहले गरेको काम आफु ले गरेको भन्दै अध्यक्ष नेपालले रिबन काटने काम गर्दै आएका छन्। आज विहिवार आयोजित जिल्ला स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै शहरी विकास मन्त्री साहले निर्वाचनमा जादा पराजित हुने डरले माधव र प्रचण्ड समुहले अहिले आफनै सरकारको विरुद्धमा आन्दोलनमा उत्रेको बताउनुभएको छ । नेपाल र प्रचण्ड देशलाई ध्वस्त पार्न लागेको आरोप लगाउनुभएको छ ।
प्रतिनिधिसभाको निर्वाचनको तयारीमा लाग्नुको सटा आफ्नै पार्टीका प्रधानमन्त्रीले गरेको निर्णयलाई अस्वीकार गरी माधव र प्रचण्डले देश र पार्टीलाई ध्वस्त पार्न लागेको मन्त्री साहले बताउनुभएको छ । पद र कुर्सीको लागि आफ्नै सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याएर नेपाल र प्रचण्डले देशलाई द्धन्द्ध र अस्थिर्ता तर्फ धकेल्ने काम गरेको मन्त्री साहले बताउनुभएको छ । निर्वाचनमा जाँदा पराजित हुने डरले माधव प्रचण्ड समुहले अहिले आन्दोलनको नाटक गरेको उहाँले बताउनुभयो । अगामि बैशाख १७ र २७ गतेका लागि तोकिएको प्रतिनिधिसभाको निर्वाचनलाई कसैले चाहेर पनि रोक्न नसक्ने समेत मन्त्री साहले दावी गर्नुभयो ।
प्रतिनिधिसभाको निर्वाचन तोकिएको मितिमै हुने र निर्वाचनमा भाग लिन राजनैतिक दलहरुले तयारी हुनुपर्ने समेत उहाँले धारणा राख्नुभयो । नेकपा प्रदेश २ को अध्यक्ष समेत रहेका मन्त्री साहले असार महिनामा अलग प्रयोजनका लागि गरिएको हस्ताक्षरको दुरुपयोग गरी प्रचण्ड-नेपाल समूहले अविश्वासको प्रस्ताव ल्याएको आरोप लगाउनुभएको छ । नेता साहले देशमा स्थिरता देख्न नसक्ने प्रचण्ड९नेपालले कुर्सीको लालचमा बिनाकुनै कमिटीको निर्णय गरी छलकपट गरेर पार्टी र देशलाई बर्बाद गर्न उद्धत रहेको बताउनुभयो । नेता साहले सगोल कमिटीको नभई प्रचण्ड९माधव समूहले आफ्नो गुटको समेत कुनै बैठक नगरेर प्रदेश सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याएको बताउनुभयो । यसैविच कार्यक्रममा जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य एवं पुर्व सांसद बबन सिंह नेकपाको ओली समुहमा प्रवेस गर्नुभएको छ । लामो समयदेखी जसपामा रहेका सिंह विहिवार ओली समुहको नेकपामा प्रवेस गर्नुभएको हो । सिंहलाई मन्त्री साहले टिका र माला लगाएर पार्टी प्रवेस गराउनुभएको छ ।
-
मौलापुर नगरपालिका ४ मा एकै घरमा आमा छोरीको शव फेला परे ।
- राजकुमार यादव रौतहट न्यूज़/ रौतहटको मौलापुर नगरपालिका ४ बौधा पतौरामा आमा छोरी सहित दुई जाना मृत अवस्थामा फेला परेको...
- विद्यालय व्यवस्थापन समितिका पदाधिकारी हरू बिच छलफल।
- कृषि मिटरको महसुल वाडकार्यालयले तिर्ने वडाअध्यक्ष साहको घोषणा
- माधव नारायण नगरपालिकाको पाँचौ नगर सभा सम्पन ,