रौतहट न्यूज़
// रौतहट हत्याकाण्डमा मुछिएका कांग्रेस नेता तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमका भाइ पक्राउ परेका छन्। जिलको राजपुर नगरपालिका-४ बस्ने ५५ वर्षीय मोहम्मद महताब आलम आज पक्राउ परेका हुन्। उनी लामो समयदेखि फरार थिए।
२ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरधाम धनुषाबाट खटिएको प्रहरीले उनलाई रौतहटको बौधीमाई नगरपालिका-७ बड्की बंकुलबाट पक्राउ गरेको हो।
२०६४ चैत २७ गते साँझ साविक राजपुर फरदहवा गाविस-४ हाल राजपुर नगरपालिका-४ स्थित शेख इद्रिशको गोठ घरमा विस्फोटक पदार्थ स्टोर गरी बम बनाउने क्रममा बम विस्फोट हुँदा पिन्टु भन्ने त्रिलोक प्रताप सिंह ताजपुतसमेत १५-१६ जना घाइते तथा २-३ जनाको मृत्यु भएको थियो । मृतक तथा घाइतेहरूलाई ट्याक्टरमा लोड गरी नजिकै रहेको इँटाभट्टामा लगी जलाएको घटनामा महताबको पनि संलग्नता देखिएको थियो।
प्रारम्भिक अनुसन्धानमा महताबले आफ्नो दाइ मोहम्मद अफताब आलमको निर्देशनमा घटना लुकाउने उद्देश्यले विस्फोटमा परी मृत्यु तथा घाइते भएका मानिसहरूलाई ट्याक्टरमा राखी इँटाभट्टामा जलाएको स्वीकार गरेको २ नम्बर प्रदेश कार्यालयका प्रमुख तथा प्रहरी नायब महानिरीक्षक (डीआइजी) धिरजप्रताप सिंहले बताए।
उक्त घटनामा अफताब आलमलाई मुख्य योजनाकार मानिएको छ।२०६४ चैत २८ गते भएको संविधानसभाको चुनावलाई लक्षित गरी धाँधली गरेरै भए पनि जित्नका लागि अफताबले बम विस्फोट काण्ड घटाएको प्रहरी अनुसन्धानबाट खुलेको छ।
श्री नरायण सिंह राजपुत समतको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी मो. अफताव आलम समेत भएको कर्तव्य ज्यान तथा ज्यान मार्ने उधोग मुदाको सम्बन्धमा २०६४ साल चैत्र महिनाको १८ गते भएको संविधान सभाको चुनावलाई लक्षित गरी धाँधली गरी जित्नको लागि २०६४ साल चैत्र १७ गते अंदाजी १८ बजेको समयमा जिल्ला रौतहट सविक राजपुर फरहदवा गा.वि.स. वाड नं. ४ हाल राजपुर नगरपालिका वार्ड ४ स्थित शेख इद्रिशको गोठ घरमा प्रतिवादीहरूले विष्फोटक पदार्थ स्टोर गरी बम बनाउने क्रममा बम विष्फोटक हुँदा जाहेरवाला श्री नरायण सिंह राजपुतको छोरा पिन्टु भन्ने त्रीलोक प्रताप सिंह राजपुत समेत १५/१६ जाना घाईते र २/३ जनाको मृत्यु भएकोमा मृतक र घाईतेहरुलाई ट्यक्टरमा लोड गरी नजिकैको ईटा भट्टामा लगि जलाईएको घट्ना सम्बन्धमा फरार रहेका प्रतिवादीहरूलाई खोजतलास एंव पक्राउ गर्ने क्रममा जिल्ला रौतहट साविक गा.वि.स. राजपुर फरहदवा गा.वि.स. वाड नं. ४ हाल राजपुर न.पा वार्ड ४ बस्ने मो. सिदिकी वेदिलको छोरा अंदाजी वर्ष ५५ को मो. महताव आलमलाई यस २ नं प्रदेश प्रहरी कार्यलयबाट खटि गएको विशेष टोलीले मिति २०७७/०८/२२ गते नेपाल भारत सिमानामा पर्ने रौतहट जिल्ला बौधीमाई न.पा. वार्ड नं. ७ बड्की बंकुल एरियाबाट पक्राउ गरी अनुसन्धान सुरू गरिएको।
प्रारम्भिक अनुसन्धानमा निजले आफ्नो दाई मो. अफताव आलमको निर्देशमा घट्ना लकाउने उदेश्यले विष्फोटमा परी मृत्यु तथा घाईते भएका मानिसहरुलाई ट्यक्टरमा राखि ईटा भट्टामा जलाएको स्वीकार गरेको खुल्न आएको, थप्प अनुसन्धान भईरहको।
-
मौलापुर नगरपालिका ४ मा एकै घरमा आमा छोरीको शव फेला परे ।
- राजकुमार यादव रौतहट न्यूज़/ रौतहटको मौलापुर नगरपालिका ४ बौधा पतौरामा आमा छोरी सहित दुई जाना मृत अवस्थामा फेला परेको...
- विद्यालय व्यवस्थापन समितिका पदाधिकारी हरू बिच छलफल।
- कृषि मिटरको महसुल वाडकार्यालयले तिर्ने वडाअध्यक्ष साहको घोषणा
- माधव नारायण नगरपालिकाको पाँचौ नगर सभा सम्पन ,