सर्लाही संमवादाता
रौतहट न्यूज़ // नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सर्लाही जिल्ला कमिटी सदस्य तथा अनेरास्ववियूका केन्द्रीय नेता चन्द्र भुषण साहले भने, “प्रदेश २ को मध्य भूगोलमा अवस्थित सर्लाही जिल्लाको उत्तर-पूर्वी क्षेत्र ईश्वरपुर नपा – १२, घारीबथानमा रहेको राजारानी थुम्काप्रति आजको दिनसम्म पनि राज्य अनभिज्ञ एवं उदाशीन रहनु तपाई-हामी सबैका लागी दुर्भाग्यको विषय हो ।” तसर्थ, यसप्रति मुख्यतः तिनै तहका सरकार, निर्वाचित जनप्रतिनिधि लगायत सम्बन्धित सबै सरोकारवालाहरुको समयमैं गम्भीर ध्यानाकर्षण हुन जरूरी छ ।”
नेता साहले भने: “सुगम मानिएको हाम्रो प्रदेश नं. २ कै सबैभन्दा उच्च सतहमा अवस्थित यो राजारानी थुम्का/डाँडाबाट महोत्तरीको बर्दिबास र आसपासको क्षेत्र, धनुषा-जनकपुरको रमानन्द चौक, सर्लाही दक्षिण तर्फको विभिन्न नगर-गाउँबस्ती, समथर भूभाग, खोलानाला, वनजंगल तथा उत्तर तर्फ सिन्धुलीको रातो पहाड़, महाभारत पर्वत श्रृंखला, सेतो हिमाल, सागरमाथाको चुचुरो लगायतका अनगिनत प्राकृतिक मनोरम दृश्यहरु सहजै अवलोकन गर्न सकिन्छ ।”
एकजना स्थानीयका अनुसार सन्ध्या/रात्रीकालीन समयमा यो डाँडाबाट पुर्वमा भारदह कोशि व्यारेजको झिलमिल बत्तीदेखी पश्चिममा बिरगंज औद्योगिक नगरबाट निकलने धुवाँको मुस्लो र दक्षिण तर्फ मित्रराष्ट्र भारतको सितामढी शहरलाई समेत देख्न सकिन्छ ।
तलको शिखर डाँडादेखी माथिको राजारानी थुम्कासम्म विद्युतीय केवल कार सञ्चालन गरेर एउटा टेलिस्कोप सहितको भ्यू टाउर मात्र निर्माण गर्ने हो भने पनि यो स्थान राष्ट्रिय तथा अन्तर्राष्ट्रीय पर्यटनको केन्द्र बन्ने लगभग निश्चित छ । यसबाट केवल सर्लाही जिल्ला वा प्रदेश नं. २ लाई मात्र फाईदा नभई समग्रमा हाम्रो मुलकको आर्थिक समुन्नति र पर्यटन क्षेत्रको बृद्धि एवं विकासमा महत्वपूर्ण योग्दान पुग्ने युवा नेता साहको ठहर छ ।
नेता साहले, भ्रमण तथा अवलोकन कार्यमा विशेष सहयोग एवं सहजीकरण गरेको भन्दै स्थानीय शिक्षक जीवन साहशंकार, सञ्चारकर्मी जनार्जन खत्री र स्थानीय अगुवा विरवाहादुर थिङ्गप्रति हार्दिक आभार र भ्रमण टोलीका सहकर्मी सदस्यहरु नरेश महतो, रमेश आचार्य, विरवाहादुर महतो लगायतलाई विशेष धन्यवाद समेत व्यक्त गरेका छन ।
-
मौलापुर नगरपालिका ४ मा एकै घरमा आमा छोरीको शव फेला परे ।
- राजकुमार यादव रौतहट न्यूज़/ रौतहटको मौलापुर नगरपालिका ४ बौधा पतौरामा आमा छोरी सहित दुई जाना मृत अवस्थामा फेला परेको...
- विद्यालय व्यवस्थापन समितिका पदाधिकारी हरू बिच छलफल।
- कृषि मिटरको महसुल वाडकार्यालयले तिर्ने वडाअध्यक्ष साहको घोषणा
- माधव नारायण नगरपालिकाको पाँचौ नगर सभा सम्पन ,