• संवाददाता:- राजकुमार यादव

    रौतहट न्यूज// रौतहटको मौलापुर नगरकालिकामा रहेको लक्ष्मिनिया अधारभूत विद्यालयमा २५ शय्याको सुविधासम्पन्न आइसोलेशन कक्ष निर्माण गरिने भएको छ । कोरोना महामारिको कारणले आउन सक्ने अवस्थालाई मध्यनजर गर्दै मौलापुर नगरपालिकामा आइसोलेशन कक्ष निर्माण सहित छुटै आठ ओटा शौचालय निर्माण गरिने भएको हो।

    तस्विर:- सुमन

    वैश्विक कोरोना महामारीको संक्रमण स्थानीय स्तरमा तिब्र रूपमा फैलिरहेको अवस्थामा आम नागरिकको जीवन रक्षाको लागि आईसोलेसन निर्माण आफैमा सराहनीय कार्य हो । विकास निर्माण एवं जनताको सेवामा विशेष पहिचान बनाएको मौलापुर नगरपालिकाले कोरोना महामारी नियंत्रण र रोकथाममा पनि उदाहरनिय भूमिका खेलदै आएको छ।

    यसभन्दा पहिले लकडाउनको समयमा क्वारेन्टाइन निर्माण गरी नगरवासीलाई सेवा प्रदान गरेको र अहिलेको स्थितिमा आइसोलेशन आवश्यक रहेको नगर प्रमुख रिना कुमारी साहले जीकिर गरिन् ।चिकित्सक, नर्स र दक्ष स्वास्थ्य जनशक्ति चौबीसै घन्टा तैनाथ रहने उनले बताइन् ।

    मौलापुर नगरपालिका