रौतहट न्यूज// रौतहटमा दलित युवक मृत्यु प्रकरण पछि गरुडाका डिएसपी ज्ञान कुमार महतोलाई प्रदेश प्रहरी कार्यालय तानिए पछि उनको स्थानमा जिल्ला प्रहरी कार्यालयका डीएसपी भरत श्रेष्ठलाई पठाइएको छ।
प्रहरी हिरासतमा गरुडा नगरपालिका ८ जिगडियाका युवक विजय रामको मृत्यु भएपछि डिएसपी महतोलाई प्रदेश प्रहरी कार्यालय तानिएको रौतहटका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले जानकारी दिए।
मृतकका परिवारले गरुडा प्रहरीको कुटपिटबाट र यातना पछि हिरासतमै मृत्यु भएको आरोप लगाएका छन्। गरुडा नगरपालिका ८ जिगडवा टोलकै २२ वर्षका युवक निरन्जन रामको हत्या गरेको आरोपमा १९ वर्षका विजय रामलाई प्रहरीले गत साउन ३२ गते पक्राउ गरेको थियो।
घटनाको अनुसन्धानका लागि गृह मन्त्रालयले उपसचिवको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति बनाएको छ । समितिमा प्रदेश प्रहरी कार्यालयका उपरिक्षक र रौतहटका अनुसन्धान कार्यालयका उपरिक्षक सदस्य छन् । हाल सम्म अन्दोलन जारी रेहेको हुनाले रौतहटको आम जनता सहीतका व्याक्ति कोरोना संग जुध्ने परी कल्पना पनि रहेको छ।
-
मौलापुर नगरपालिका ४ मा एकै घरमा आमा छोरीको शव फेला परे ।
- राजकुमार यादव रौतहट न्यूज़/ रौतहटको मौलापुर नगरपालिका ४ बौधा पतौरामा आमा छोरी सहित दुई जाना मृत अवस्थामा फेला परेको...
- विद्यालय व्यवस्थापन समितिका पदाधिकारी हरू बिच छलफल।
- कृषि मिटरको महसुल वाडकार्यालयले तिर्ने वडाअध्यक्ष साहको घोषणा
- माधव नारायण नगरपालिकाको पाँचौ नगर सभा सम्पन ,