रौतहट न्यूज// आइतबार देखी लगतार भई रहेको अविरल वर्षाका कारण धोवस्थ भएको बाटो पुन: सुचारू भएको हो। नगर प्रमूख साहकी पहलमा विरेन्द्र राजमार्ग देखी विरगंज जाने बाटो खुल्लाएको छ।
मौलापुर नगरपालिका ८ र ९ स्थित सोनरनियाँ बजारदेखि पश्चिमपट्टिको बाटोमा बाढीले कटान गरेपछि आवतजावतमा समस्या भएको थियो। मौलापुर नगरपालिकाकी नगर प्रमूख रीना कुमारी साहले निजी लगानीबाट २४ घण्टा भित्रमा बाटो मर्मत गराई बाटो संचालनमा ल्याएकी छिन।
बाटोमा बाढी पसेर विभिन्न ठाउँमा खाल्डो बनाउने र भत्काउने गरेपछि सवारीसाधन आवतजावत गर्न र सोे बाटो भएर जाने मानिसलगायत कृषि उपज ओसारपसारमा समेत समस्या भएको थियो।कटान र टुटफुट भएको सो बाटो निर्माणका लागि नगरपालिका सहित सम्बन्धित निकायमा जानकारी गराए पछि आज देखी बाटो खुल्लाईएको छ।
-
मौलापुर नगरपालिका ४ मा एकै घरमा आमा छोरीको शव फेला परे ।
- राजकुमार यादव रौतहट न्यूज़/ रौतहटको मौलापुर नगरपालिका ४ बौधा पतौरामा आमा छोरी सहित दुई जाना मृत अवस्थामा फेला परेको...
- विद्यालय व्यवस्थापन समितिका पदाधिकारी हरू बिच छलफल।
- कृषि मिटरको महसुल वाडकार्यालयले तिर्ने वडाअध्यक्ष साहको घोषणा
- माधव नारायण नगरपालिकाको पाँचौ नगर सभा सम्पन ,