रौतहट न्यूज़ । कोभिड– १९ का कारण गरिएको बन्दाबन्दीले रौतहट जिल्लामा कार्यरत लघुवित कम्पनीका शाखा कार्यालयहरुको निर्धारित कार्यक्रम प्रत्यक्ष रुपमा प्रभावित भएका छन् ।
चैत महीनामा हुने समुह अध्यक्ष कार्यशाला, वार्षिक गोष्ठी, लघुवित्त संस्थाका शाखा प्रमुखका लागि दिइन योजना तथा बजेट तर्जुमा गोष्ठी तथा सिप मुलक तालिम लगायतका कार्यक्रम प्रभावित भएको हो ।
बन्दाबन्दीका कारण निर्धारित काम गर्न नसकिएकाले असहज भएको र यस अवधिमा घाटा व्यहोर्नु परेको नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था सन्तपुर शाखाका प्रमुख बिष्णु पन्थीले आर्थिक अभियानका संवाददाताले बताए ।
चैत १० गतेदेखि जेठ महीनासम्म कार्यालयको काम प्रभावित भएकाले घाटा व्यहोर्नु परेको उनको भनाइ छ ।‘लघुवित कम्पनीका कर्मचारी समुदायमा पुगेर काम गर्ने अवस्था नरहेकाले समस्या आएको हो’, उनले भने । तर अहिले समाजिक दूरी कायम गर्दै सुरक्षाका विधि अपनाएर समुदायमा पुगेपनि काम गर्न अझै सहज नभएको उनले बताए ।
लघुबित कम्पनीबाट कर्जा लिएर व्यवसाय गरेपनि बन्दाबन्दीका कारण व्यवसाय नै प्रभावित भएको सन्तपुरकी सिता देवीले बताइन् । विस्तारै व्यवसाय खुल्न थालेकाले अवस्था सहज हुन थालेको उनको भनाइ छ ।
बन्दाबन्दीको अवधिबाट नेशनल माईक्रोफाईनान्स लघुवित्त वित्तीय संस्थाले ब्याजमा ३ प्रतिशत छूट दिएको छ । ब्याजमा छूट दिनुका साथै १५० जना ग्राहक सदस्यलाई रू.१ लाख ३६ हजार बराबरको खाद्यान्न तथा सुरक्षा र सरसफाईका सामग्री वितरण गरिएको शाखा प्रमुख पन्थीले बताए ।
कोरोना प्रभावितका लागि देशभर रू.६० लाख छुट्याइएकोमा रू.५० लाख प्रत्येक शाखालाई दिएको र रू.१० लाख नेपाल सरकारको राहत कोषमा जम्मा गरेको उक्त कम्पनीका प्रमुख कार्यकारी अधिकृत राम वहादुर यादवले बताए ।
ग्राहक सदस्यलाई विपदको समयमा नेशनल माईक्रोफाईनान्स वित्तीय संस्थाले राहत सहयोग गर्दै आएको पनि उनले बताए । रौतहटमा विभिन्न स्थानमा एक दर्जनभन्दा बढी लघुवित्त कम्पनीह कार्यरत रहेका छन् ।
-
मौलापुर नगरपालिका ४ मा एकै घरमा आमा छोरीको शव फेला परे ।
- राजकुमार यादव रौतहट न्यूज़/ रौतहटको मौलापुर नगरपालिका ४ बौधा पतौरामा आमा छोरी सहित दुई जाना मृत अवस्थामा फेला परेको...
- विद्यालय व्यवस्थापन समितिका पदाधिकारी हरू बिच छलफल।
- कृषि मिटरको महसुल वाडकार्यालयले तिर्ने वडाअध्यक्ष साहको घोषणा
- माधव नारायण नगरपालिकाको पाँचौ नगर सभा सम्पन ,