रौतहट न्यूज//बारा जिल्लाको कलैया उपमहानगरपालिकाको सितलपुर र फेटा गाऊँपालिका त्रिवेणीमा आज विहान करिब ७:३० बजे चट्याँग लाग़ेर ४ जना महिलाको असामयिक निधन भएकोछ । कोरोना महामारी एवं लकडाउन संगै लगातार भिषण हावाहुरी र असिना पानीले हैरान जनता आज फेरी चट्यांगबाट पीड़ित भएको छ ।
चट्याँगको प्रकोपबाट मृत्यु भएका फेटा-१ त्रिवेणीका ३० बर्षिय ईन्दु देवी महतो र ४० बर्षिय सुनारपति देवी महतो एवं कलैया उपमहानगरपालिका सितलपुरको ३५ बर्षिय आसादेवी महतो र ४५ बर्षिय हलिमा खातुनको मृत्यु भएको छ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नम्बर २ का अध्यक्ष तथा पूर्व मंत्री प्रभु साहले बारामा चट्याङ लागेर मृत्यु भएका ४ जना महिलाको परिवारलाई क्षतिपूर्ति स्वरुप राहत उपलब्ध गराउन सरकारसंग माग गरेका छन् ।
-
मौलापुर नगरपालिका ४ मा एकै घरमा आमा छोरीको शव फेला परे ।
- राजकुमार यादव रौतहट न्यूज़/ रौतहटको मौलापुर नगरपालिका ४ बौधा पतौरामा आमा छोरी सहित दुई जाना मृत अवस्थामा फेला परेको...
- विद्यालय व्यवस्थापन समितिका पदाधिकारी हरू बिच छलफल।
- कृषि मिटरको महसुल वाडकार्यालयले तिर्ने वडाअध्यक्ष साहको घोषणा
- माधव नारायण नगरपालिकाको पाँचौ नगर सभा सम्पन ,