राजकुमार यादव
रौतहट न्यूज़ //
रौतहट क्षेत्र ३ प्रतिनिधि सभा सदस्य पदका स्वतन्त्र उम्मेदवार प्रभु साहले आज विहिबार देखी घर दैलो तथा अन्तरक्रिया कार्यक्रम फतुवा विजयपुर नगरपालिका टोल मेवा देखी सुरु गरेको छ ।
पूर्व मन्त्री साहले मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि स्वतन्त्र उम्मेदवारी दिए पछि रौतहट क्षेत्र तीनको चुनाव रोचक बनेको छ । स्वतन्त्र उम्मेदवर साहले टोल मेवा पछि टेग्रहामा र सन्तपुरमा घर दैलो र अन्तरक्रिया कार्यक्रम गरेका छन् ।
उक्त कार्यक्रममा साहले विगतका वर्षमा गरेको कार्य र यस आर्थिक वर्षमा पनि मुख्यतः निर्वाचन क्षेत्र नं. ३ लगायत रौतहट जिल्लामा भए गरेका केहि महत्वपूर्ण कार्यहरु बारे जानकारी गराउदै संक्षिप्त कार्य प्रगति विवरण वितरण गरेका हुन् भन्ने प्रतिबद्धता पत्र पनि वितरण गरेको हो । सो संक्षिप्त कार्य प्रगति विवरणमा सडक पूर्वाधार , पुल , नाला ढलान , नयाँ सडक ट्रयाक , सिंचाई , विधुतीकरण , भवन , एकीकृत बस्ती , सहरी पूर्वाधारका कार्य , खानेपानी , ढल निकास , ग्याँस , चुल्हा र सिलिण्डर वितरण, शिक्षा र स्वास्थ्य क्षेत्रमा गरिएका कार्य , सुचना सञ्चार क्षेत्रमा गरिएको महत्वपूर्ण कार्य लगाएतका बुन्दागत रूपमा समेटिएको छ ।
त्यस्तै साहको प्रतिबद्धता पत्रमा स्थिरता , सुशासन र विकास प्रत्यक्ष कार्यकारी शासन प्रणाली जनउत्तरदायी लोकतान्त्रिक अभ्यास भागबन्डा विरुद्ध निष्ठाको राजनीति भन्दै प्रमुख पृष्ठ रहेको छ । उक्त प्रतिबद्धता पत्रमा १८ वटा बुन्दा रहेको छ । हरेक गाउँमा राजमार्ग, नयाँ नयाँ कृषि सडक ,बकैया नदीमा पक्की तटबन्ध, दुवै तिर सडक पिच,घर घरमा नाला, गाउँ बस्तीमा ढल ,मजबूत उर्जा पूर्वाधार सहित निःशुल्क विद्युत , हरेक खेतमा आधुनिक सिंचाई ,ल्याण्डपुलीङ्ग मार्फत नयाँ शहर,गरीबलाई मकान, नयाँ नयाँ बस्ती निर्माण , गुणस्तरीय शिक्षाका लागि आधुनिक पूर्वाधार , नगर – नगरमा मोडेल अस्पताल , हर हाथमा हुनर, युवालाई रोजगार ,आधुनिक कृषि र किसानलाई पेन्सन , मजबूत ईन्टरनेट पूर्वाधार सहित फ्री वाईफाई , बाँकी रहेका घरमा ग्याँस चूल्हा र सिलिन्डर , एक व्यक्ति एक खाता, बैकिंङ्ग सेवामा सहजता , देशमा स्थिरताको लागि संविधान संसोधन ,सुरक्षित समाज पीडितलाई न्याय , सुशासनको आधार पारदर्शी एवं जनउत्तरदायी सरकार हरेक नगरमा खेल मैदान, खेलाडीलाई सम्मान सहितको प्रतिबद्धता पत्रमा उल्लेख रहेका छन् ।
-
मौलापुर नगरपालिका ४ मा एकै घरमा आमा छोरीको शव फेला परे ।
- राजकुमार यादव रौतहट न्यूज़/ रौतहटको मौलापुर नगरपालिका ४ बौधा पतौरामा आमा छोरी सहित दुई जाना मृत अवस्थामा फेला परेको...
- विद्यालय व्यवस्थापन समितिका पदाधिकारी हरू बिच छलफल।
- कृषि मिटरको महसुल वाडकार्यालयले तिर्ने वडाअध्यक्ष साहको घोषणा
- माधव नारायण नगरपालिकाको पाँचौ नगर सभा सम्पन ,