• - राजकुमार यादव

    रौतहट न्यूज़// मौलापुर नगरपालिका द्वारा निर्मित कृषि विकास तथा पशु अस्पताल सेवा केन्द्र नयाँ भवनमा आज शुक्रबार देखी सेवा शुभाअरम्भ गरेको छ ।

    मौलापुर नगरपालिकाको भवन भित्रबाट सेवा दिदै आएको कृषी शाखाले अब आफ्नै निजि भवन मौलापुर नगरपालिका- ४ पतौरामा सेवा दिन थालेका हुन् । पूर्व मंन्त्री प्रभु साहको निर्देशनमा निर्माण भएको कृषि विकास तथा पशु अस्पताललाई मौलापुर नगरपालिककी नगर प्रमुख रिना कुमारी साहले एक विशेष समारोह बिच सेवा सुचारु गर्नु भएको हो ।

    उक्त भवन गविस पल्ला देखी अल्पत्र अवस्थामा रहेको थियो । सो भवनलाई मौलपुर नगरपालिकको नगर प्रमुख साहकी पहलमा ५० लाखको लगत लगाई उक्त भवन संचालनमा आए पछि भवन भित्र कृषी विकास तर्फ माटो परिक्षण , बोट विरुवाको जाँच बुझ गर्ने , सिजनलि मुल विउ र उन्नत विउ उपलब्ध गराउने तथा धान ,गहुँ , मकै बालिको उन्नत बिउ उपलब्ध गराउनुको साथै कृषी प्रविधिक सरसल्लाह दिने शाखा व्यवस्थापन गरेका छन् । त्यस्तै पशु सेवा तर्फ पशु उपचार , कृत्रिम गर्वधान , पशु बाझोपन निवारण त्यस्तै गोठ सुधार पशुको जुका परिक्षण , आधुनिक मसिन द्वारा परिक्षण , पशु बस्तुलाई उन्नत जातको घासको विउ वितरण तथा पशु व्यवस्थापन सम्बन्धि अवश्यक सरसल्लाह लगायतका सेवा दिने शाखा व्यवस्थापन गरेको कृषि तथा पशु शाखा प्रमुख जितेन्द्र साहले बताए ।

    सो समहारोमा मौलपुर नगरपालिकाका उप नगर प्रमुख नागेन्द्र राय यादव , सोही नपा का निमित्त प्रमुख प्रशासकीय अधिकृत राम बाबु साह , कर्मचारी राधाकृष्ण मिश्रा, वडा ४ का वडाध्यक्ष विरबहादुर प्रसाद , वडा ९ का वडाध्यक्ष श्याम कुमार साह , स्थानीय नेता लखिन्द्र साह लगायत स्थानीय सहित विभिन्न तहतपकाका कर्मचारी सहीत नेताहरुको उपस्तिति रहेको थियो ।