- राजकुमार यादव
रौतहट न्यूज़ // रौतहटको मौलापुर नगरपालिकाको कार्यपालिका सदस्यमा आठै जना उम्मेदवार निर्विरोध चयन भएका छन् । आठैजना उम्मेदवार नेकपा एमालेका हुन् ।
नगरपालिकाको कार्यपालिका निर्वाचनका लागि मनोनयन दर्ता गराएका एमालेका आठ जना निर्विरोध भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मुख्य निर्वाचन अधिकृतका अनुसार कार्यपालिका सदस्य आठ जनाका लागि एमालेबाट महिलातर्फ ५ जना र दलित तथा अल्पसंख्यकबाट उम्मेदवारी परेको थियो ।
मौलापुर नगरपालिका वडा नम्बर २ कि अनिता देवी राम, वडा नम्बर ४ कि शान्ति पासवान तथा बुधिया देवी, वडा नम्बर ६ कि प्रतिमा देवी र वडा नम्बर ९ कि आशा देवीको उम्मेदवारी परेको थियो भने दलित तथा अल्पसङ्ख्यकबाट वडा नम्बर १ का वैजनाथ साह कलवार, वडा नम्बर ६ का चन्देश्वर बैठा र वडा नम्बर ५ का सुनिल कुमार साह कानुले उम्मेदवारी दिएका थिए । सबै सदस्य सर्वसम्मत भएका छन् ।
-
मौलापुर नगरपालिका ४ मा एकै घरमा आमा छोरीको शव फेला परे ।
- राजकुमार यादव रौतहट न्यूज़/ रौतहटको मौलापुर नगरपालिका ४ बौधा पतौरामा आमा छोरी सहित दुई जाना मृत अवस्थामा फेला परेको...
- विद्यालय व्यवस्थापन समितिका पदाधिकारी हरू बिच छलफल।
- कृषि मिटरको महसुल वाडकार्यालयले तिर्ने वडाअध्यक्ष साहको घोषणा
- माधव नारायण नगरपालिकाको पाँचौ नगर सभा सम्पन ,