–राजकुमार यादव
रौतहट न्यूज़//नेकपा एमालेको जनसंगठन प्रेस चौतारी नेपाल मधेस प्रदेशको प्रथम अधिवेशन चन्द्रपुरमा आज शानिबार सम्पन्न भएको छ।
मधेश प्रदेशको प्रथम अधिवेशनबाट मधेश प्रदेश संयोजक फणि महतले सर्वसहमतीबाट प्रेस चौतारी नेपालको मधेश प्रदेश अध्यक्ष पदमा निर्वाचित हुनु भएको हो। महतकाे अध्यक्षतमा नयाँ कार्यसमिति चयन भएको छ । उपाध्यक्षमा अनिल तिवारी, उपाध्यक्ष महिला तर्फबाट अर्चना परियार, महासचिवमा गाैतम श्रेष्ठ,सचिव पदमा भगलु मण्डल,ज्ञासु देवान,कोषाध्यक्षमा जितेन्द्र साह समेत चयन भएका छन्। र प्रदेश कार्य समिति सदस्यहरूमा रामपुकार राउत,बिना राउत,बिजय पटेल रहेका छन् ।
नेकपा एमाले पार्टीका उपाध्यक्ष युवराज ज्ञवालीले गमलामा पानी हालेर कार्यक्रम उद्घाटन गरेको थियो। समृद्धिका लागि सञ्चारको कर्म ! प्रेस चौतारीको मुल मर्म नाराका साथ रौतहट जिल्लाको चन्द्रपुर स्थित होटेल आरोहीमा प्रदेश अधिवेशन सम्पन्न भएको हो। सो अधिवेश कार्यक्रममा प्रेस चौतारी नेपालका अगुवा तथा नेपाल पत्रकार महासंघका मधेश प्रदेशका उपाध्यक्ष सिरहा जिल्लाका स्वर्गीय पत्रकार रामानन्द गुप्ताले समग्र पत्रकारिता क्षेत्रमा योगदान पुर्याएकोले उच्च कदर गर्दै प्रमुख अतिथी नेकपा एमाले केन्द्रिय उपाध्यक्ष युवराज ज्ञवाली,प्रेस चौतारी नेपाल मधेश प्रदेश ईन्चार्ज तथा केन्द्रीय उपाध्यक्ष लालबाबु शेष र प्रेस चौतारी नेपाल मधेश प्रदेश संयोजक फणि महतले स्वा. पत्रकार गुप्ताको छोरा शुभम सुधान्शुलाई सम्मान पत्र प्रदान गरिएको छ। त्यस्तै गरी उच्च शिक्षा तथा अहेव अध्यन गरि प्रदेशको अति विपन्न डोम समुदायका बालबालिका तथा युवायुवतीहरूलाई शिक्षा प्रदान गर्ने र समाज रूपान्तरमा महत्वपूर्ण योगदान पुर्याएका विजय मली डोमलाई पनि सम्मान पत्र प्रदान गरिएको छ।
अधिवेशनकाे प्रमुख अतिथिकाे रूपमा नेपाल कम्युनिस्ट पार्टी एमालेका केन्द्रीय उपाध्यक्ष युवराज ज्ञवाली रह्नु भएको थियाे भने विशष्ट अतिथिकाे रूपमा चाैतारीका प्रदेश ईन्चार्ज लालबाबु शेष,नेकपा एमालेकी नेतृ माननीय रेखा झा,एमाले राैतहट जिल्ला ईन्चार्ज उपेन्द्र साह,केन्द्रीय सदस्य कुन्दन कुशवाहा,कटहरिया नगरपालिकाका नगरप्रमुख सियाराम कुशवाहा,एमाले जिल्ला अध्यक्ष त्रिभुवन साह सहितका व्यक्तिहरू उपास्तितिमा कार्यक्रम सम्पन भएको थियो।
-
मौलापुर नगरपालिका ४ मा एकै घरमा आमा छोरीको शव फेला परे ।
- राजकुमार यादव रौतहट न्यूज़/ रौतहटको मौलापुर नगरपालिका ४ बौधा पतौरामा आमा छोरी सहित दुई जाना मृत अवस्थामा फेला परेको...
- विद्यालय व्यवस्थापन समितिका पदाधिकारी हरू बिच छलफल।
- कृषि मिटरको महसुल वाडकार्यालयले तिर्ने वडाअध्यक्ष साहको घोषणा
- माधव नारायण नगरपालिकाको पाँचौ नगर सभा सम्पन ,