–राजकुमार यादव
रौतहट न्यूज़// जनताको त्याग, संघर्ष, वलिदान र जनमतबाट प्राप्त संविधान जारी भएको हर्षाेल्लासका रुपमा मनाईएका संविधान दिवस २०७८ साल असोज ३ गते आईतबारको दिन मौलापुर ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक नन्द किशोर प्रसाद चौहान सहितको टोली र अन्य विभिन्न संघसस्थाहरुको सहकार्यमा बृहत् सरसफाई अभियान सम्पन्न गरिएको छ ।
मौलापुर नगरपालिका स्थित पुरातात्विक महादेव मंदिर सरसफाई गरिको हो। सामाजिक उत्तरदायित्व अन्तरगत गरिएको यस अभियानले सरसफाई र स्वच्छ वातावरणको महत्व र अपरिहार्यता बारे जनचेतना ल्याउने विश्वास ईलाका प्रहरी कार्यालयले लिएको छ ।
अभियानकै क्रममा बोल्नु हुँदै प्रहरी निरीक्षक चौहानले हामी सबैको एउटै सपना मौलापुर नगरलाई सुन्दर र सफा नगर बनाउने भएको भन्दै यस अभियानमा सबैले साथ दिन आग्रह समेत गर्नु भयो । बिहान करिब ८ बजे बाट सुरु भएको अभियान ९ बजे सम्म चलेको थियो । अभियानमा झन्डै ४० भन्दा धेरै अभियान्ताहरुको सहभागिता रहेको थियो ।
हाम्रो रहर, सफा सुघर शहर भन्ने मुल नारा सहित सुरु गरिएको सरसफाई अभियानमा मौलापुर नगरपालिका बजार व्यवस्थापन समितिका अध्यक्ष भोलाशंकर साह , वार्ड सदस्य जितलाल साह, स्थनीय सुरेश यादव,रामअयोध्या साह, राजेश साह, जय कुमार साह,नेपाल प्रहरी , ट्राफिक प्रहरी , अन्य विभिन्न संघसस्थाहरु र स्थानियहरुको सहभागिता रहेको थियो।
-
मौलापुर नगरपालिका ४ मा एकै घरमा आमा छोरीको शव फेला परे ।
- राजकुमार यादव रौतहट न्यूज़/ रौतहटको मौलापुर नगरपालिका ४ बौधा पतौरामा आमा छोरी सहित दुई जाना मृत अवस्थामा फेला परेको...
- विद्यालय व्यवस्थापन समितिका पदाधिकारी हरू बिच छलफल।
- कृषि मिटरको महसुल वाडकार्यालयले तिर्ने वडाअध्यक्ष साहको घोषणा
- माधव नारायण नगरपालिकाको पाँचौ नगर सभा सम्पन ,