–राजकुमार यादव
रौतहट न्यूज़// मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ अभियान अन्तर्गत प्रदेश २ का रौतहटसहित आठै जिल्लामा साइकल वितरण कार्यक्रमलाई निरन्तरता दिएको छ । “बेटी पढाउ, बेटी बचाउ“ अभियान अन्तर्गत श्री जनता माध्यमिक विधालय मौलापुर नगरपालिका– ८ सोनरनियामा अध्ययनरत कक्षा ८ का छात्राहरुलाई साईकल वितरण गरिएको छ ।
मौलापुर नगरपालिकाकी नगर प्रमुख रीनाकुमारी साहको प्रमुख आतिथ्य एवं श्री जनता माध्यमिक विधालयको प्र.अ. राजेन्द्र साहको पहलमा एक कार्यक्रमका विच ७४ जना छात्राहरुलाई साइकल वितरण गरेका छन्।
मौलापुर नगरपालिकाको वाडा ८ का वाडाध्यक्ष बसन्त कुमार यादवको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख साहले छात्राहरुलाई साइकल वितरण गरेकी छन् । विद्यालय प्राङ्गणमा आयोजित एक कार्यक्रमका बीच साइकल वितरणको क्रममा वाडाध्यक्ष यादवले मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ अभियान मुलुककै उत्कृष्ट अभियान रहेको दावी गरे । राज्यले सामुदायिक विद्यालयको सुधारतर्फ गंभिर हुन नसकेको बेला प्रदेश २ सरकारले ल्याएको अभियानले छोरीलाई विद्यालय जान प्रेरित गर्ने विश्वास उनले व्यक्त गरे । समाजमा पछाडी परेको समुदायलाई लक्षित गरेर मुख्यमन्त्री लालबाबु राउतले बेटी पढाउ, बेटी बचाउ अभियान ल्याएको छ, उनले भने–साइकल पाएको देख्दा विद्यालय आउन नचाहेकी छोरीहरु पनि आउँछन् ।
यो अभियान प्रदेशका छोरीहरुको समृद्धिको आधार रहेको उनले दावी गरे । छोरीको शिक्षा नै समृद्धिको आधार रहेकोले यसलाई आत्मसाथ गरेर प्रदेश सरकार अघि बढिरहेको उनको भनाई थियो । पितृसतात्मक समाजमा प्रदेश सरकारले थालेको अभियानले सामाजिक रुपान्तरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास उनको थियो । उनले विद्यालयको वातावरणप्रति खुशि व्यक्त गर्दै सामुदायिकमा पनि नीजि विद्यालय जस्तो व्यवस्थापन गरिएको बताए । अन्य सामुदायिक विद्यालयको तुलनामा श्री जनता माध्यमिक विद्यालयमा शैक्षिक वातावरण कायम गरेको प्र.अ. र शिक्षकहरुमा उनले धन्यवाद समेत ज्ञापन गरे ।
सो कार्यक्रममा जसपा पार्टीका केन्द्रीय सदस्य धिरज पटेल, वाडा २ का वाडाध्यक्ष श्री भगवान पटेल, वाडा ७ का वाडाध्यक्ष रामपुकार साह, वाडा ९ का वाडाध्यक्ष रामलाल साह, वाडा ६ का वार्ड सदस्य विरचन राम, यूवा नेता विवेक कुमार साह, नेता विरेन्द्र यादव,जयराम यादव,रामाकन्थ यादव, ठागा दास,भोलिन्द्र पटेल, शिक्षक रामप्रवेश साह, शिक्षा संयोजक चन्देश्वर साह,प्रहरी प्रसासन, बिधालयका शिक्षक र बिद्यार्थी एवं स्थानीय नागरिकको सहभागिता रहेको थियो ।
-
मौलापुर नगरपालिका ४ मा एकै घरमा आमा छोरीको शव फेला परे ।
- राजकुमार यादव रौतहट न्यूज़/ रौतहटको मौलापुर नगरपालिका ४ बौधा पतौरामा आमा छोरी सहित दुई जाना मृत अवस्थामा फेला परेको...
- विद्यालय व्यवस्थापन समितिका पदाधिकारी हरू बिच छलफल।
- कृषि मिटरको महसुल वाडकार्यालयले तिर्ने वडाअध्यक्ष साहको घोषणा
- माधव नारायण नगरपालिकाको पाँचौ नगर सभा सम्पन ,