महामारीको राहतमा भ्रष्टाचार : कागजमा ३० किलो, हातमा ७ किलो !
४ असार, बाजुरा । बडीमालिका नगरपालिका–८, कोठ्याराकी बिन्द्रा रावल ३० चैत २०७६ मा कोभिड-१९ को राहत बुझ्न वडा कार्यालय पुगिन् । कोरोना संक्रमणको महामारीसँग जुध्न गरिएको लकडाउनले बिचल्लीमा परेका गरिब, असहाय र श्रमिक परिवारलाई नगरपालिकाले वडा कार्यालयमार्फत राहत बाँड्दै थियो । राहतले केही दिनको भए पनि गुजारा चल्ने आशमा वडा