शीतलहर तथा चिसोबाट जोगिने उपाय
रौतहट न्यूज// जाडो महिनामा तराईको समतल क्षेत्रमा हुस्सु लाग्नु तथा शीतलहर चल्नु सामान्य हो । गर्मीमा तातो हावा चल्ने र जाडो महिनामा निकै चिसो हुने भएका कारण तराई क्षेत्रमा मौसमजन्य प्रतिकूलतासँग जुध्न सावधानी अपनाउनुपर्ने हुन्छ । ग्रीष्मकालमा थार मरुभूमिबाट आउने तातो हावाका कारण नेपालको तराई क्षेत्रमा तापक्रम निकै बढी भएर