• – राजकुमार यादव

    रौतहटको फतुवा विजपुर नगरपालिकाले नेपाल विधुत प्राधिकरणलाई चार करोड भुक्तानी गरेको समाचार गलत रहेको छ ।

    फतुवा विजयपुर नगरपालिकाका कार्यवाहक नगर प्रमुख अमब्या खातुनले हस्तक्षर सहितको एक पत्र जारी गरी ४ करोड रकम नेपाल विधुत प्राधिकरणलाई भुक्तानी गर्ने भएको बताएका थिए। उक्त पत्र बारे प्रमुख प्रशासकीय अधिकृत ओकिल पाल संग सोध्दपुच्छ गर्दा सो पत्रको बारेमा केही थाह नभएको बताउनु भयो ।

    कार्यवाहक नगरप्रमुख खातुनले सार्वजनिक गरेको पत्रलाई मध्य नजर गर्दै प्रमुख प्रशासकीय अधिकृत ओकिल पालले किसानलाई प्रोत्साहन गर्न तथा कृषि क्षेत्रमा आधुनिकीकरण गर्ने उद्देश्यले सिँचाइका विद्युत् र घर मिटर महसुल छुटा छुटै आईतबार भुक्तानी गरेको छ ।

    कृषि मिटरको विद्युत् महसुल भुक्तानी गर्ने कार्यक्रम’ अन्तर्गत नगरपालिकाले सिँचाइका विद्युत् र घर मिटर महसुल नेपाल बिधुत प्राधिकरण चन्द्रपुर र विधुत प्राधिकरण मौलापुर वितरण केन्द्रलाई ३ करोड ३१ लाख ६८ हजार सात सय ७९ रुपैया छुटा छुटै भुक्तानी गरेको छन् ।

    चेक पठाईएको पत्रनुसार २०७७ साल असोज महिना देखी २०८१ साल जेष्ठ २२ गते सम्मको विधुत महसुलको रकम प्रमुख प्रशासकीय अधिकृत पालले विधुत प्राधिकरण मौलापुर वितरण केन्द्रका कार्यालय प्रमुख रामदिनेश यादवलाई चेक मार्फत रकम हास्तान्तरण गरेको छ ।