• ओम प्रकाश यादव
    पछिलो समय रौतहटमा बालश्रम बढदै जान थालेको छ । जिल्लाको बिभिन्न होटेल तथा निर्माण सेवाको कार्यहरुमा बालबालिकाहरु श्रम गरिरहेको देखिएको छ ।विषेश गरि बालबालिकाहरु होटेलमा श्रम गरिरहेको पाईएका छ्न ।

    यहाँका अधिकांश होटेलका सञ्चालकहरु गरिव घरपरिवारका ५ वर्षदेखी माथी उमेरका बालबालिकाहरुलाई होटेलमा श्रमीकको रुपमाप्रयोग गरेका छन । गरिवीको फाइदा उठाउँदै होटेल र निर्माण कम्पनीका सञ्चालकहरु पढने उमेरका बालबालिकालाई काममा लगाइ बालश्रम शोसन गरिरहेका छन ।सञ्चालकहरुले श्रमिकवापतको तलव र सेवा सुविधा समेत नदिइ आफना मनोमानी बालबालिकालाई श्रम शोसन गर्दा पनि सम्बन्धित निकायको यस तर्फ ध्यान जान सकेको छैन ।


    जिल्लाको गरुडा, कटहरिया, समनपुर, चन्द्रपुर गौर लगायतका विभिन्न होटेलमा बालबालिका नै श्रमिक रहेका छ्न ।
    पढ्ने उमेरमाश्रम गरिरहेको कारण उनीहरुको जीवन नर्कमा पर्न सकने जानकारहरुले बताएका छन । श्रम गरिरहेको बालबालिका संग सोधपुछ गर्दा घरको आर्थिक अवस्था कमरोर भएकोले श्रम गर्नु परेको बताएका छ्न । जिल्लामा बालश्रम बढदै गएपनी समन्धित निकायले कुनै चासो लिएको छैन ।

    शिक्षामा देशमै सबभन्दा पुछारमा रहेको रौतहट जिल्लामा यस्तै बालश्रम बढ्दै गएमा जिल्ला शिक्षाको हिसाबमा झन पछाडी पर्न सक्ने जानकारहरुले बताएका छ्न ।
    रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले पढने उमेरका बालबालिकाहरुलाई श्रम शोषण गर्नेहरुलाई कार्यवाही गर्ने बताएका छन् । बालबालिकालाई श्रम गर्न लगाइ उनिहरुको भविश्यसँग खेलवाड गर्ने होटेलका सञ्चालक अथवा जो सुकै व्यक्ति भएपनि कार्यवाहीको दायरामा ल्याउने प्रमुख जिल्ला अधिकारी रेग्मीले बताए ।