• – राजकुमार यादव

    रौतहट न्यूज़// आसमान शिक्षक दरबन्दीको विरुद्धमा आम विद्यार्थी मोर्चा र मौलापुर नगरपालिका प्रधानध्यापकहरुले जिल्ला प्रशासन कार्यालय रौतहट र शिक्षा विकास तथा समन्वय इकाई रौतहटलाई छुटाछुट्टै ज्ञापन पत्र बुझाएका छन् ।

    रौतहटको गौरमा आम विद्यार्थी मोर्चा विभिन्न माग सहित हजारौं विद्यार्थीहरु सड़कमा उत्रेको छ । शिक्षा विभागको मापदण्ड विपरित एउटै कक्षाकोठामा सयी विद्यार्थी कोचि पठनपाठन भईरहेको अवस्थाले मधेशको सैक्षिक स्तरमा पर्न गएको प्रत्यक्ष नकारात्मक प्रभावप्रति आम जनता पार्टीका भातृ संगठन आम विधार्थी मोर्चाका राष्ट्रिय अध्यक्ष विवेक साहले प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी मार्फत ज्ञापनपत्रसमेत बुझाएको छ ।

    नेपाल सरकारको सरकारी तथ्याङ्क अनुसार देशभरका सामुदायिक विद्यालयमा झण्डै ७३,९३८ शिक्षक दरबन्दीको अभाव रहेको छ ।
    नेपालको शिक्षा नियमावलीले विद्यार्थी शिक्षक अनुपात हिमालमा ४० विद्यार्थी बराबर १ शिक्षक, पहाडमा ४५ विद्यार्थी बराबर १ शिक्षक र तराई तथा उपत्यकामा ५० विद्यार्थी बराबर १ शिक्षक हुनुपर्ने व्यवस्था गरेको छ।
    नियमावलीमा प्राथमिक विद्यालयमा शिक्षक एक जना, प्राथमिक विद्यालयमा ५० जनासम्म विद्यार्थी भएमा कम्तिमा दुई जना र सोभन्दा बढी विद्यार्थी भएमा कम्तिमा तीन जना, निम्न माध्यमिक विद्यालयमा चार जना र कक्षा १ देखि ८ सम्म सञ्चालन भएको विद्यालयमा कम्तिमा सात जना शिक्षक रहने व्यवस्था रहेको छ। तर, नेपालमा अहिलेको अवस्थामा त्यस्तो भएको पाइँदैन।

    हिमाली जिल्ला मनाङमा ४ बिधार्थीमा १ शिक्षक, पहाडी जिल्ला काठमाडौं मा १८ विधार्थीमा १ शिक्षक र तराईका रौतहटमा ८० बिधार्थीमा १ शिक्षक रहेको हो । वागमती प्रदेशमा मात्र ३१९६८ शिक्षक आवश्यक रहेको ठाउमा ८६१५९ शिक्षक रहेको आम विधार्थी मोर्चाले प्रमुख जिल्ला अधिकारी रेग्मीलाई बुझाएको ज्ञापनपत्रमा उल्लेख रहेको छ ।
    शिक्षा ऐन अनुसार बिधार्थी संख्याको अनुपातमा मधेश प्रदेशमा शिक्षक दरबन्दी तत्काल उपलव्ध गराउन, असमान शिक्षक दरबन्दी वितरण खारेज गर्न र अपुग तहगत र बिषयगत शिक्षक आपुर्ती गराउन आम जनता पार्टी मधेश प्रदेश कमिटीले माग र संघर्षका कार्यक्रम अघी सारेको छ।
    त्यस्तै रौतहट शिक्षक दरबन्दी विवरणका अनुसार रौतहटको १८ पालिकामा विधार्थी संख्या एक लाख ८५ हजार ५० विधार्थी संख्या रहेको छ । जसमा तीन हजार सात सय एक अवश्यक शिक्षक हुनु पर्ने ठाउमा दुई हजार मौजुदा शिक्षक र एक हजार ६ सय आठ अपुग शिक्षक रहेका छन् ।