- राजकुमार यादव
रौतहट न्यूज़/ मौलापुर पार्क होटेलको रेष्टुरेण्ट उद्घाटन समाहरोका प्रमुख अतिथि आजपा अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले रौतहटको गौरमा भएको बिभत्स हत्याकाण्डको अपराधीहरुलाई बचाउन फेरी जालझेल एवं षड्यंत्र शुरू भएको बताउनु भएको छ ।
आजपाका अध्यक्ष प्रभु साहले गौर हत्याकाण्डका अपराधीलाई कारबाही हुनुपर्ने माग गरेका छन् । राईसमिल हत्याकाण्ड घटना २०६३ साल चैत्र ७ गतेका दिन रौतहटको गौरमा घटेको थियो । सो घटनामा २८ जानाको ज्यान गएको थियो । उक्त घटनालाई आम जनता पार्टी नेतृत्वका “गौर हत्याकाण्ड पीड़ित संकर्षण समिति”ले घटनामा संलग्न रहेका दोषीमाथि कारबाहीको माग गरेको छ। उक्त घटनालाई छानबीन गरी दोषीलाई करवाहिको मांग गर्दै श्रावण १५ गते देखि अनिश्चितकाल रौतहट बन्द गर्ने घोषणा पनि गरेका हुन्। गौर घटनामा पीडित भएकाहरुलाई हर सम्भव सहयोग गरी न्याय दिलाउनु पर्ने र यसको लागि यस जिल्लामा अब प्रतिक्रियावादीहरुको दाल नगल्ने बताउदै साहले आउँदो १४ गते गौर घटनाका पीडित परिवारहरुको हौसला बढाउन मोटर साइकल र्यालीमा सहभागी हुन अनुरोध गरेको छ । परिस्थिति चाहे जे जस्तो होस सत्यको पक्षमा हामी उभिने र लड्ने छु वहाँले बताए ।
त्यस्तै अहिले देशमा किसानहरूको अवस्था एकदम दयनीय रहेको तथा विद्युतको लाइनको कारण पीडा झन् थपिँदै गएको छ । सरकार पक्षबाट किसानलाई विभेद गरिँदै गरेको र संघ तथा प्रदेशमा रहेको कृषि र सिंचाई मन्त्रालयले किसानको समस्याप्रति गम्भीर नरहेको कारण सो मन्त्रालयको काम नरहेको आजपा अध्यक्ष साह बताए ।
सरकारी निकाय र अड्डाहरुमा घुस र भष्टाचार बिना कुनै काम नहुने अवस्था रहेकोले रौतहट जिल्ला एक एतिहासिक जिल्ला भएको कारण देशको वर्तमान अवस्थामा यस जिल्लामा न्याय र विकासको लागि जिल्लाबाट पुन: जोडतोडले अगाडी बढ्ने समय आएको बताउनु भयो ।
-
मौलापुर नगरपालिका ४ मा एकै घरमा आमा छोरीको शव फेला परे ।
- राजकुमार यादव रौतहट न्यूज़/ रौतहटको मौलापुर नगरपालिका ४ बौधा पतौरामा आमा छोरी सहित दुई जाना मृत अवस्थामा फेला परेको...
- विद्यालय व्यवस्थापन समितिका पदाधिकारी हरू बिच छलफल।
- कृषि मिटरको महसुल वाडकार्यालयले तिर्ने वडाअध्यक्ष साहको घोषणा
- माधव नारायण नगरपालिकाको पाँचौ नगर सभा सम्पन ,