
- राजकुमार यादव
रौतहट न्यूज़// रौतहट मौलापुर नगरपालिकामा आईबार राती चोरहरूले ढोकाको तल्चा फोरेर चोरी गरेको छ ।

मौलापुर नगरपालिका – ५ टोल मौलापुर बस्ने रामबालक पटेलको घरमा करिब १ बजे राती चोरी भएको पीडित पटेल बताएका हुन् । पीडितकाअनुसार दुई थान मटर , ३० बोरा गहु, १० बोरा दलहन मसुरी र एक थान कृषी मिटर चोरिएको छ ।

मौलापुर देखी मर्यादपुर जाने सडक खण्डमा सडकको पश्चिम पटी रहेको पटेलको नवनिर्मित भवनको ढोक्कामा रहेको तल्चा फुटाई चोरहरुले चोरी गरेको हो ।पटेलको घरमा पटक पटक चोरी हुदै आएको र हाल सम्म चोर प्रहरीको नियन्त्रणमा न आएको पिडित परिवारको गुनासो छ ।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको बताएको छ । मौलापुरको आसपासमा चोरीका घटना बढेपछि स्थानीय त्रसित भएका छन् । मध्यरातको समयमा मौलापुरको आसपासकै ठाउँमा चोरी बढेकोले जिल्लाको सुरक्षा व्यवस्था कमजोर भएको भन्दै प्रहरीको आलोचना समेत हुन लागेको छ।
-
विद्यालय व्यवस्थापन समितिका पदाधिकारी हरू बिच छलफल।
कृष्णनगर, फागुन २५ रौतहट न्यूज़// युनिसेफ नेपाल र कृष्णनगर नगरपालिकाको सहकार्यमा बाल बालिका माथि हुने सबै प्रकारका हिंसा लगायत अनुसासनको...
- माधव नारायण नगरपालिकाको पाँचौ नगर सभा सम्पन ,
- रौतहटको एकै पालिकामा दुई को मृत्यु , प्रहरीको थप्प अनुसन्धान जारी।
- एमाले महिला मेयर रीनाकुमार साह द्वारा नगर भरी विजयी जुलुस ।