– राजकुमार यादव
रौतहट न्यूज़// रौतहटमा एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन भएको छ । गणतन्त्र दिवसको उपलक्ष्यमा मौलापुर ईलाक प्रहरी कार्यालयको अगुवाइमा शिविर सञ्चालन गरिएको थियो।
रौतहटको मौलापुर नगरपालिका – ५ मौलापुर बाजारको प्रागनमा आयोजना गरिएको शिविरमा चन्द्रज्योति कान्ति हस्पिटलका सात जना विशेषज्ञ ल्याब र डाक्टर द्वारा स्वास्थ्य परिक्षण गरिरहेका छन्। ईलाका प्रहरी कार्यालय मौलापुरका प्रहरी निरिक्षक नन्द किशोर चौहानको स्वास्थ्य परिक्षण गर्दै शिविरको उद्घाटन गरिएको थियो।
शिविरमा मधुमेह (चिनी) रोगको जाँच गरिने ल्याब प्रमुख मनोज यादवले बताएका हुन् । निशुल्क शिविरमा भाग लिएका लाई रक्तचाप र रक्तसुगर नियन्त्रण छ वा छैन भन्ने यस शिविरको मुख्य उदेश्य रहेको ल्याब प्रमुख यादवले बताए । गणतन्त्र दिवशको अवसरमा राष्ट्र सेवक नेपाल प्रहरी , सस्त्र प्रहरी बलका कर्मचारीहरु , बजार व्यवस्थापन समितिका सदस्य तथा सर्वसाधारण लगायत समेतलाई चेक जाँच गरिएको बताइएको छ ।
-
मौलापुर नगरपालिका ४ मा एकै घरमा आमा छोरीको शव फेला परे ।
- राजकुमार यादव रौतहट न्यूज़/ रौतहटको मौलापुर नगरपालिका ४ बौधा पतौरामा आमा छोरी सहित दुई जाना मृत अवस्थामा फेला परेको...
- विद्यालय व्यवस्थापन समितिका पदाधिकारी हरू बिच छलफल।
- कृषि मिटरको महसुल वाडकार्यालयले तिर्ने वडाअध्यक्ष साहको घोषणा
- माधव नारायण नगरपालिकाको पाँचौ नगर सभा सम्पन ,