
–
राजकुमार यादव
रौतहट न्यूज़/ रौतहटमा मंगलबार बिहान चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ ।

आज विहान चट्याङ लागेर मौलापुर नगरपालिका ४ पतौरा बस्ने गम्हिरा साहको ३५ वर्षीय श्रीमती प्रतिमा देवी साहकी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

घर बाहिर रहेका चापाकलमा थाल धुन गएको बेला श्रीमती साहकी अचानक चट्याङ लागेपछि मृत्यु भएको निजको आफन्तहरुले जनकारी दिनु भयो । मृत्क महिलाकी तीन वटा सन्तान रहेको छ जस मध्ये जेठो छोरा ७ वर्षको , माइलो छोरी ३ वर्षकी र दुधे बालक १ वर्षको रहेको निजको आफन्तले बाताउनु भयो ।

मृत्क महिलाको शवलाई पोष्टमाटमको लागि प्रदेशिक आस्पताल गौरमा पढाईएको र घटना बारे थप्प अनुसन्धान भई रहेको ईलाका प्रहरी कार्यलय मौलापुरका प्रहरी निरिक्षक नन्द किशोर चौहानले बताए ।

घटना भए पश्चात् मौलापुर नगरपालिकाकी मेयर रीना कुमारी साहले मृतकको घरमा पुगी घरपरिवामा दुःख व्यक्त गर्दै हालको लागी राहत समाग्री उपलब्ध गराउने बताएकी छिन् । जिल्लामा बर्सेनि चट्याङका कारण जनधनको क्षति हुने गरेको छ ।
-
विद्यालय व्यवस्थापन समितिका पदाधिकारी हरू बिच छलफल।
कृष्णनगर, फागुन २५ रौतहट न्यूज़// युनिसेफ नेपाल र कृष्णनगर नगरपालिकाको सहकार्यमा बाल बालिका माथि हुने सबै प्रकारका हिंसा लगायत अनुसासनको...
- माधव नारायण नगरपालिकाको पाँचौ नगर सभा सम्पन ,
- रौतहटको एकै पालिकामा दुई को मृत्यु , प्रहरीको थप्प अनुसन्धान जारी।
- एमाले महिला मेयर रीनाकुमार साह द्वारा नगर भरी विजयी जुलुस ।