
-राजकुमार यादव
रौतहट न्यूज़ // मोटरसाइकल चोरको आतंकले सर्वसाधारण नागरीक मर्कामा परेका छन् । यसपटक मोटरसाइकिल चोरले प्रहरीलाई खुल्ला चुनौती दिएर एकै रातमा ३ वटा मोटरसाइकल चोरी गरेको छ ।
मौलापुर नगरपालिका ५ मौलापुर बजार स्तित ईलाका प्रहरी कार्यालय अगाडी रहेको बद्री मार्केटबाट विहिवार राती तीन वटा मोटरसाइकल चोरी भएको हो । चोरी हुनेमा जिल्ला सर्लाही कड़ौना गाउँपालिका १ सुकचैनाका जयशंकर साहको प्रदेश २ – ०४-००१ प ३७६५ नम्बरको (एफ जेड ) मोटरसाइकल त्यस्तै जिल्ला रौतहत चन्द्रपुर नगरपालिका ९ का दिपेन्द्र चौधरीको प्रदेश २ -०३-०१७ प ७४७५ नम्बरको (एफ जेड) र पर्सा विरगंज महानगरपालिकाका राहुल कुमार कुशवाहाको प्रदेश २ -०३-१७ प २८६२ नम्बरको (आपाचे) मोटरसाइकल चोरी भएको मौलापुर ईलाका प्रहरीले जनाएका हुन् ।

प्रहरीका अनुसार राती करिब २ देखी ३ बजेको करिबमा उक्त चोरी भएको हो । चोरी भएको प्रदेश २ – ०४-००१ प ३७६५ नम्बरको मोटरसाइकल मौलापुर देखी गौर जाने सड़क खण्ड हनुमान मन्दिर भन्दा ५० मिटर अगाएडी भेटीएको छ । चोरी रहेका दुई वटा मोटरसाइकललाई खोजी भई रहेको प्रहरीले जनाए । उक्त घटना बारे छानबिनका लागि प्रहरीले शङ्काको भरमा ४ जानालाई हिरास्तमा लिएका छन् । घटनाबारे अनुसन्धान भइरहेको मौलापुर ईलाका प्रहरीले जनाएको छ ।

-
विद्यालय व्यवस्थापन समितिका पदाधिकारी हरू बिच छलफल।
कृष्णनगर, फागुन २५ रौतहट न्यूज़// युनिसेफ नेपाल र कृष्णनगर नगरपालिकाको सहकार्यमा बाल बालिका माथि हुने सबै प्रकारका हिंसा लगायत अनुसासनको...
- माधव नारायण नगरपालिकाको पाँचौ नगर सभा सम्पन ,
- रौतहटको एकै पालिकामा दुई को मृत्यु , प्रहरीको थप्प अनुसन्धान जारी।
- एमाले महिला मेयर रीनाकुमार साह द्वारा नगर भरी विजयी जुलुस ।