
रौतहट न्यूज //
आम जनता पार्टीको सर्लाही जिल्ला कमिटीको आयोजनमा आयोजित प्रथम जिल्ला भेला ईश्वरपुर नगरपालिकाको बयलबासमा सम्पन्न भएको छ ।

देशमा भैईरहेको सर्वदलीय भागबन्डा, बेथिति र विभेदको विरुद्ध शशक्त संघर्ष गर्दै अगाडि बढ्ने संकल्प सहित सानदार जनसहभागिताका साथ हर्षोल्लास पूर्वक सभ्य एवं भव्य रूपमा उक्त कार्यक्रम सु-सम्पन्न भएको हो ।

समारोह मार्फत सांसद पदका प्रत्याशी एवं माओवादी केन्द्रका युवा नेता विन्दु शाह, मेयर प्रत्याशी एवं नेपाली कांग्रेसका नेता महेश साह, जसपाका सुरेश यादव, लोसपाका रामबाबू साह लगायत विभिन्न पार्टी परित्याग गरी सयौंको संख्यामा आजपामा पार्टी प्रवेश गरेका छन् । पार्टी प्रवेश गर्ने सम्पूर्ण नवप्रवेशी नेताहरुलाई पार्टीमा एकमुष्ट हार्दिक स्वागत, बधाई तथा थप उज्जवल राजनीतिक भविष्यको आजपा अध्यक्ष प्रभु साहले आफ्नो फेसबुक पेज मार्फत व्यक्त गर्नु भएको छ ।
-
विद्यालय व्यवस्थापन समितिका पदाधिकारी हरू बिच छलफल।
कृष्णनगर, फागुन २५ रौतहट न्यूज़// युनिसेफ नेपाल र कृष्णनगर नगरपालिकाको सहकार्यमा बाल बालिका माथि हुने सबै प्रकारका हिंसा लगायत अनुसासनको...
- माधव नारायण नगरपालिकाको पाँचौ नगर सभा सम्पन ,
- रौतहटको एकै पालिकामा दुई को मृत्यु , प्रहरीको थप्प अनुसन्धान जारी।
- एमाले महिला मेयर रीनाकुमार साह द्वारा नगर भरी विजयी जुलुस ।