
- राजकुमार यादव
रौतहट न्यूज // आम जनता पार्टीका अध्यक्ष मा. प्रभु साहको अध्यक्षतामा विहिबार काठमाडौं स्थित केन्द्रीय कार्यालयमा केन्द्रिय पदाधिकारीहरुको बैठक सम्पन्न भएको छ ।

उक्त बैठकमा आजपाले महत्वपूर्ण निर्णयहरु गरेको छ । पार्टी र जनसंगठनका कार्यहरुलाई व्यवस्थित गर्ने बताउदै १८ मे मा अन्तर्राष्ट्रीय मजदूर दिवसलाई पार्टीको केन्द्रीय कार्यालयमा एक औपचारिक समारोहका बिच मनाउने र देश क्रमशः भ्रष्टाचार, बेथिति, कुशासन, आर्थिक, सामाजिक र राजनीतिक रुपमा संकटग्रस्त बन्दै गएको विषम परिस्थितिलाई आत्मसात गर्दै “देशलाई संकटबाट जोगाउन जागरण यात्रा” जेठ १८ गतेदेखि पश्चिम नेपालको महेन्द्रनगरबाट शुभारम्भ गर्ने निर्णयहरु लिएको हो ।

उपनिर्वाचनमा घोषित अघोषित गठबंधन एवं राष्ट्रिय तथा अन्तर्राष्ट्रीय सत्ता र शक्तिको प्रत्यक्ष टकरावको बाबजूद पनि आजपाले बिना कुनै गठबन्धन एक्लै निर्भिकता पूर्वक चुनाव लडेको बताए । सहाशिक प्रदर्शन गरी संगठनको विजारोपन गर्न सफल हुनु सराहनीय विषय रहेको ठहर गर्दै अध्यक्ष साहले यस्तो विषम/संवेदनशील परिस्थितिमा पनि आजपाप्रति विश्वास गरी मतदान गर्नुहुने सम्पूर्ण मतदाताहरुप्रति आभार समेत व्यक्त गर्नु भयो ।
-
विद्यालय व्यवस्थापन समितिका पदाधिकारी हरू बिच छलफल।
कृष्णनगर, फागुन २५ रौतहट न्यूज़// युनिसेफ नेपाल र कृष्णनगर नगरपालिकाको सहकार्यमा बाल बालिका माथि हुने सबै प्रकारका हिंसा लगायत अनुसासनको...
- माधव नारायण नगरपालिकाको पाँचौ नगर सभा सम्पन ,
- रौतहटको एकै पालिकामा दुई को मृत्यु , प्रहरीको थप्प अनुसन्धान जारी।
- एमाले महिला मेयर रीनाकुमार साह द्वारा नगर भरी विजयी जुलुस ।