• -ओम प्रकाश यादव

    रौतहट न्यूज़// रौतहटको माधवनारायण नगरपालिकाका मेयर बैजनाथ प्रसाद यादवले वाडा ४ का आगलगी पीडित हरूलाई राहत समाग्री प्रदान गरेका छन् । हिजो मात्रै वडा नं . ४ माइधिया मानपुरमा भिष्ण आगलागी भएको थियो । आगलगीबाट २१ वटा घर जलेर नष्ट हुदा लाखो मुल्य बराबरको छति भएको थियो ।

    माधवनरायणका मेयर यादवले आज सोमबार उक्त आगलगी पीडित हरुलाई प्रति परिवार एक एक थान ग्यास सिलेन्डर , चुल्हो , चामल , दाल , झुल तथा भडाबरतन लगायका सम्रागी हस्तनान्तर गरेको हो ।

    आइतवार दिउँसो तिव्र गतिमा हावा चलिरहेको समयमा एक्कासी भएको आगलागीबाट फुस र खपडाको गरी २१ घर तथा गोठ जलेर खरानी भएको छ । आगलागीमा परी ६ वटा बाख्राको समेत जलेर ज्यान गएको छ ।

    आगलागीबाट मानवीय क्षति नभएपनि ठुलो मात्रामा जनधनको क्षति भएको छ । स्थानीय जिउत मुखियाको फुसको घरबाट सल्केको आगोले हरेशी मुखिया, मनोज मुखिया, महेशी मुखिया, प्रेम मुखिया, योगेन्द्र मुखिया, विकास मुखिया, उपेन्द्र मुखिया, जयकरण मुखिया, इनरदेव मुखिया, मोतिलाल भगत, धनराज मुखिया लगाएतको गरी २१ वटा भन्दा बढी घर जलेर नष्ट भएको स्थानीय पारस भण्डारीले जानकारी दिएका छन् । आगलागीबाट १४ वटा घर पूर्ण रुपमा जलेर नष्ट भएको र बाँकी घर आशिंक रुपमा जलेको उनले बताए । भण्डारीका अनुसार आगलागीबाट जल्नेमा अधिकांश फुसको घर रहेको छ भने केही मात्रामा खपडाको छाना भएको घर समेत जलेको छ आगलागीबाट उक्त घरहरुभित्र भण्डारण गरी राखेको धान, गहुँ, चामल, दाल, मकै, गरगहना, लत्ताकपडा लगायतका सामग्री जलेर नष्ट हुँदा करिब २० लाख भन्दा बढीमूल्य बराबरको क्षति भएको हुन सक्ने अनुमान गरिएको छ ।

    आगलागीले आफनो खपडाको छाना भएको घर पुर्णरुपमा जलेर नष्ट भएका कारण आफु घरवार विहिन हुन पुगेको पिडित महेशी मुखियाले दुखेसो गरेका छन् । आगलागीले घरभित्र रहेका खाद्यान्न सामग्रि देखी लिएर लत्ताकपडा लगाएतका सम्पुर्ण सामानहरु जलेर नष्ट हुँदा अब बस्न र खान निकै समस्या भएको मुखियाले बताए । घर र घरभित्रका सबै सामान एकैछिनमा खरानी भएका कारण महेशी मुखिया जस्ता २१ जनाको परिवार घरवार विहिन भएका छन् । घरवार विहिन हुन पुगेका उनिहरुलाई अब कहाँ बस्ने र के खाने भन्ने चिन्ताले सताएको छ । घरवार गुमाएका आगलागी पिडीतहरुले आफुहरुलाई उचित क्षतिपुर्ति उपलब्ध गराउन स्थानीय, प्रदेश र संघीय सरकारलाई आग्रह गरेका छन् ।

    स्थानीय सरकार जनताको सबभन्दा नजिकको सरकार भएको कारण आगलागी पिडीतहरुलाई सर्वप्रथम स्थानीय सरकारले तुरुन्त राहतको व्यवस्था मिलाई जनतालाई नजिकको सरकारको अनुभुति दिलाउन लाग्नुपर्दछ । आगलागीको कारण खुल्न नसकेपनि घर नजिकै रहेको खेतबारीबाट सल्केको आगोले आगलागी भएको हुन सक्ने अनुमान गरिएको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायव उपरीक्षक डिएसपी छेदीलाल कामतीले जानकारी दिएका छन् ।

    अहिले गहुँबाली घरमा भित्रयाउने समय भएकोले खेतको कामधन्दामा किसानहरु निकै व्यस्त रहेको अवस्थामा एक्कासी आगलागी हुँदा यति ठुलो मात्रामा जनधनको क्षति हुनगएको छ । एकातर्फ किसानहरु खेती किसानीमा व्यस्त रहेको र अर्कोतर्फ आइतवार दिउँसो तिव्र गतिमा चलेको हावाले आगो सल्केर धेरै घर खरानी बनाइदिएको छ । आगलागी शुरु भएको करिव एक घण्टापछि चन्द्रपुर र गौर नगरपालिकाबाट गएको बारुण यन्त्र (कमकल) ले आगो नियन्त्रणमा लिएको थियो । बारुण यन्त्र र स्थानीयबासीको सहयोगमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले आगो निभाई थप क्षति हुनबाट जोगाएको थियो ।

    रौतहटमा जम्मा १८ वटा स्थानीय तहहरु रहेको भएपनि दुई वटा पालिकासंग मात्र आगो निभाउने बारुण यन्त्र उपलब्ध रहेको छ । चन्द्रपुर र गौर नगरपालिकासंग मात्र बारुण यन्त्र रहेको छ भने बाँकी १६ वटा पालिकाले अझै बारुण यन्त्र अर्थात दमकल खरिद गर्न सकेको छैन । जिल्लामा दुई वटा मात्र बारुण यन्त्र रहेका कारण प्रत्येक वर्ष अहिले सुक्खा र गर्मीयाममा आगलागी भई ठुलो मात्रामा मानवीय तथा भौतिक क्षति हुँदै आएको छ । आगलागीबाट वर्षेणी ठुलो जनधनको क्षति हुने गरेको भएपनि जनताको जिउधन तथा जिवनसंग प्रत्यक्ष सरोकार राख्ने बारुण यन्त्र खरिद गर्न स्थानीय सरकारका नगर प्रमुखहरु कुनै चासो देखाएका छन् । यहाँका प्रायजसो सबै मेयरहरु आफुलाई चढन लाखौ करोडौंको स्कारपियो गाडी खरिद गरेपनि आम नागरिकको लागि एउटा बारुण यन्त्र खरिद गर्न नसकेको भन्दै मेयरहरुको व्यापक आलोचना भइरहेको छ ।