
- राजकुमार यादव
रौतहट न्यूज// रौतहट जिल्लाको गढीमाई नगरपालिकाले जिल्ला भरीका शिक्षा शाखा प्रमुखलाई विहिवार विधालय सुधार कार्यक्रममा बोलाई सम्मान गरेका छन् ।

जिल्लाका विभिन्न पालिकाहरूका शिक्षा शाखा प्रमुख हरुको बैठक बोलाई समसमायिक विषय हरुमा छलफल गरी यस जिल्लाका शिक्षा सम्बन्धी विभिन्न थरिका निर्णय समेत गरेका छन् । जिल्ला शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख राम विनय कुमार सिंहको अध्यक्षतामा उक्त कार्यक्रम गढीमाई नगरपालिकाको सभा हलमा सम्पन्न भएको हो ।

नेपालको संविधानको धारा ३० ले शिक्षा सम्बन्धी हकलाई मौलिक हकको रुपमा सुनिश्चित गरेको छ। हरेक नागरिकले माध्यमिक तहसम्मको शिक्षा निःशुल्क प्राप्त गर्ने कुराको सुनिश्चितता पनि गरेको छ। राज्यका नीतिअन्तर्गत नागरिकका आधारभूत आवश्यकता सम्बन्धी नीतिभित्र व्यवहारिक शिक्षा, निजी क्षेत्रलाई नियमन, व्यवस्थापन तथा उच्च शिक्षालाई सहज पहुँचयोग्य र गुणस्तरीय बनाउने योजना रहेको गढीमाई नगरपालिकाका नगर प्रमुख श्याम प्रसाद यादवले बताए ।

राज्यको नीति तथा निर्देशक सिद्धान्तहरू भनेको कार्यपालिकालाई नीति तथा योजना तर्जुमा गर्दा मार्गनिर्देशन दिन तयार गरिएका विषयहरू हुन्। देश विकास र सम्मुन्नतीको आधार स्तम्भका रुपमा शिक्षा हो, चाहे त्यो औपचारिक शिक्षा होस् वा अनौपचारिक। व्यवहारिक शिक्षामा जोड दिई जुन क्षेत्रमा ज्ञान हासिल गर्ने हो त्यही क्षेत्रमा काम गर्न सक्ने वातावरण निमार्ण गर्न सकेमा मात्र शिक्षा क्षेत्रको लगानीले देशलाई प्रतिफल दिन सक्दछ भन्ने विश्वास रहेको गढीमाई नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादवको भनाई थियो।
-
विद्यालय व्यवस्थापन समितिका पदाधिकारी हरू बिच छलफल।
कृष्णनगर, फागुन २५ रौतहट न्यूज़// युनिसेफ नेपाल र कृष्णनगर नगरपालिकाको सहकार्यमा बाल बालिका माथि हुने सबै प्रकारका हिंसा लगायत अनुसासनको...
- माधव नारायण नगरपालिकाको पाँचौ नगर सभा सम्पन ,
- रौतहटको एकै पालिकामा दुई को मृत्यु , प्रहरीको थप्प अनुसन्धान जारी।
- एमाले महिला मेयर रीनाकुमार साह द्वारा नगर भरी विजयी जुलुस ।