-राजकुमार यादव
रौतहट न्यूज़ // रौतहटको पथरा बुधराममा मदिरा सेवन गरी सामान्य विवादको रिसमा छुरा प्रहारबाट एक जानाको मृत्यु भएको छ।
मंगलबार राती संजय महतो र नरेश महतो वीच विवाद भएको रिसमा मौलापुर नगरपालिका – ६ पथरा बुधराम बस्ने अन्दाजी ४१ वर्षिय नरेश महतो माथी ससुराली घर होली मानाउन आएका देवाही गोनाही नगरपालिका वडा ७ बस्ने २२ वार्षिय संजय महतोले बुधबार विहान नरेश महतो माथी छुरा प्रहार गरी गम्भीर घाइते बनाएको थियो ।
गम्भीर घाइते नरेश महतोको उपचारको लागि शान्ति सेन्ट्रल हस्पिटल मौलापुरमा ल्याए पछि उपचार सम्भव नभएकोमा थप्प उपचारका लागि विरगंजतर्फ लैजाँदै गर्दा विहिबार विहान ८:३० बजे बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
अरोपी संजय महतो पथरा बुधराम बस्ने साहेब महतोको जुआई रहेको खुल्लेको छ । उक्त घटनामा संलग्न रहेका संजय महतो सहित ५ जानालाई मौलापुर ईलाका प्रहरीले साहेब महतोको निजि निवासबाट पक्राउ गरेका छन् ।उक्त घटना बारे अनुसन्धान भई रहेको प्रहरी प्रवक्ता उमाशंकर प्रसाद यादवले जनकारी दिनु भयो ।
-
मौलापुर नगरपालिका ४ मा एकै घरमा आमा छोरीको शव फेला परे ।
- राजकुमार यादव रौतहट न्यूज़/ रौतहटको मौलापुर नगरपालिका ४ बौधा पतौरामा आमा छोरी सहित दुई जाना मृत अवस्थामा फेला परेको...
- विद्यालय व्यवस्थापन समितिका पदाधिकारी हरू बिच छलफल।
- कृषि मिटरको महसुल वाडकार्यालयले तिर्ने वडाअध्यक्ष साहको घोषणा
- माधव नारायण नगरपालिकाको पाँचौ नगर सभा सम्पन ,