Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wordpress-seo domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/rautahatnews/public_html/wp-includes/functions.php on line 6114
विद्युत प्राधिकरण सरकारको कानुनमा चलेको छ की गिरोहले चलाएको छ ?- प्रभु साह - Rautahat News
  • रौतहट न्यूज़ // रौतहट ३ बाट निर्वाचित स्वतन्त्र सांसद प्रभु साहले नेपाल विद्युत प्राधिकरण सरकारको कानुनभन्दा बाहिर चलेको टिप्पणी गरेका छन् । आज (बुधबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै सांसद साहले रौतहटमा गत फागुन ६ गते शिवरात्रिको अवसरमा विद्युत प्राधिरकणले लाइन काटेको प्रसंग जोड्दै प्रश्न उठाएका हुन् ।

    ‘नेपाल विद्युत प्राधिकरण नेपाल सरकारको मातहतमा छ की छैन ? जान्न चाहन्छु । नेपाल सरकारकै कानुनअनुसार चलिरहेको छ वा कुनै एउटा गिरोहले चलाइरहेको छ ? विद्यृुत प्राधिकरणका एमडी नेपाल सरकारको कानुनभित्र छन् वा कानुनभन्दा माथि हो ? जान्न चाहन्छु । विद्युत प्राधिकरणका कर्मचारीलाई कानुन लाग्छ कि लाग्दैन ?,’ उनले प्रश्न गरे ।

    शिवरात्रिको अवसरमा रौतहटको एक प्रचीन मन्दिरमा लगाइएको महायज्ञमा विद्युत काटिएको र प्रमुख जिल्ला अधिकारीले विद्युत काट्ने कर्मचारीमाथि छानविन गर्ने बताएपछि मात्रै विद्युत दिएको उनले बताए । सेवाग्राहीले कर्मचारीलाई सोध्न जाँदा आक्रमण भएको उनले बताए ।

    फोटो स्रोत – फेसबुक

    त्यस्तै आम जनता पार्टीका रौतहट जिल्ला अध्यक्ष त्रिभुवन साह (अमर) र नेता ठागा दासले प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रालाई ज्ञापन पत्र बुझाएका छन् । फागुन ५ गते उपराष्ट्रपति नन्दकिशोर पुनको कार्यक्रम विथोल्ने उद्देश्यले नेपाल विद्युत प्राधिकरणको मौलापुर वितरण केन्द्रका प्रमुख अरुण साहले विभिन्न गलत क्रियाकलाप गरेको भन्दै नेता साहले ज्ञापन पत्र बुझाएका हुन् ।

    गलत मनसायका वितरण केन्द्रका कर्मचारीहरुले कार्यक्रम स्थलमा विद्युत वितरण अस्तव्यस्त बनाई कार्यक्रम भद्दा बनाउन षड्यन्त्र गरेको र विगत केही दिनदेखि नै मौलापुर वितरण केन्द्रको फेसबुक पेजमा मधानी महायज्ञको विरुद्धमा स्टाटसहरु सेयर गरिएकोले पनि ती गतिविधिहरु योजनाबद्ध ढंगले गरिएको सो झापन पत्रमा उल्लेख रहेको छ ।