
–
राजकुमार यादव
रौतहट न्यूज़ // आम जनता पार्टीका नेता त्रिभुवन साहले मौलापुर नगरपालिकालाई बद्नाम गर्न नेपाल विद्युत प्राधिकरण मौलापुर वितरण केन्द्रका प्रमुख अरुण साहले झूठा आरोप लगाएको बताएका छन्।

मधानी महोत्सवको आयोजक मौलापुर नगरपालिकाको तर्फबाट मंगलबार मौलापुर स्थित पिकनिक पार्कमा पत्रकार सम्मेलनको आयोजना गरी नेता साहले यस्तो बताएका हुन। केन्द्रका प्रमुख साहले विद्युत अवरुद्ध गरी मौलापुर मधानि महोत्सवलाई प्रभावित गर्न खोज्दा आफूहरुले त्यस्तो नगर्न भन्दा उल्टै झूठा आरोप लगाएको नेता साहले बताए ।

नेता साहका अनुसार नगरपालिकाले फाल्गुन ५ गतेदेखि ७ गतेसम्म पतौरा स्थित महादेव मन्दिरको प्राङ्गणमा मधानि महोत्सवको आयोजना गरेको थियो । फागुन ५ गते उपराष्ट्रपति नन्दबहादुर पुनले महायज्ञ उद्घाटन गर्ने कार्यक्रम रहेको थियो । सोही दिन महायज्ञलाई बिथोल्ने उदेश्यले मौलापुर वितरण केन्द्रका प्रमुख अरुण साहले बिहानै देखि विद्युत लाइन अबरुद्ध गरेको थियो।

उपराष्ट्रपति जस्तो अति विशिष्ट व्यक्ति मधानी महोत्सव उद्घाटन गर्न आउँदा विद्युत कार्यालयले विद्युत सेवा अवरुद्ध गरेको भन्दै आफूहरु कार्यालयमा गई विद्युत सेवा सुचारु गर्न आग्रह गर्दा कार्यालय प्रमुख साहले नमानेपछि सहायक इन्जिनियर महेन्द्र चौधरीलाई विद्युत जडान गर्न लागेको उनले बताए । इन्जिनियर चौधरीलाई सम्मानपूर्वक विद्युत जडान गर्न मात्र लागेको विषयलाई लिएर कार्यालय प्रमुख साहले इन्जिनियर चौधरीलाई कुटपिट गरेको र अपहरण गरी लागेको भनी झूठा आरोप लगाएको उनले बताए ।

कार्यालय प्रमुख साहले आरोप लगाए जस्तो आफूहरु इन्जिनियर चौधरीलाई कुटपिट तथा अपहरण नगरेको दाबी गर्दै नेता साहले कर्मचारीलाई कुटपिट गरेको आरोप लगाई जनतालाई भ्रमित गर्न खोजेको बताए । मीटरको बहाना बनाएर हाकिम साहले प्रख्यात महोत्सवलाई असफल गर्न खोजेको उनले बताए ।

मौलापुर नगरपालिकाले नगरभरी विद्युत निःशुल्क गरेको अवस्थामा मीटर लगाएर मात्र विद्युत प्रयोग गर्न आफूहरु भन्दा आयोजकले कर्मचारी कुटेको लगाएको आरोप झूठा, भ्रामक, गलत र कपोकल्पित रहेको उनले बताए । आफूहरुलाई महोत्सवको लागि विद्युत प्रयोग गर्न मीटर लगाउन कार्यालय कहिलै नभनेको र मीटरको झूठा आरोप लगाई नगरपालिकालाई बद्नाम गर्ने कार्य गर्ने हाकिम साहलाई आवश्यक कार्यवाही गर्न उनले माग गरे ।

झूठा विज्ञप्ति निकालेर नगरपालिकालाई बदनाम गर्ने कार्यालय प्रमुख साहलाई हदैसम्म को कार्यवाही गर्न उनले प्रशासनसँग माग गरेका छन्। प्रशासनले उनलाई कार्यवाही नगरे आफूहरु जन कार्यवाही गर्न बाध्य हुने उनले चेतावनी दिए।
-
विद्यालय व्यवस्थापन समितिका पदाधिकारी हरू बिच छलफल।
कृष्णनगर, फागुन २५ रौतहट न्यूज़// युनिसेफ नेपाल र कृष्णनगर नगरपालिकाको सहकार्यमा बाल बालिका माथि हुने सबै प्रकारका हिंसा लगायत अनुसासनको...
- माधव नारायण नगरपालिकाको पाँचौ नगर सभा सम्पन ,
- रौतहटको एकै पालिकामा दुई को मृत्यु , प्रहरीको थप्प अनुसन्धान जारी।
- एमाले महिला मेयर रीनाकुमार साह द्वारा नगर भरी विजयी जुलुस ।