
- राजकुमार यादव
रौतहट न्यूज़ // बारा जिल्ला कोल्हवी नगरपालिका टोल बगेयावा घर भएका हाल मौलापुर नगरपालिका वडा ५ मली बस्तीमा बस्दै आएका अन्दाजी ४२ वर्षिय गोली मलीले आईतवार फाँसी लगाएर आत्महत्या गरेको छ ।

प्रहरीका अनुसार गोली मलीले ३ महिना देखी मौलापुर नगरपालिका ५ टोल मौलापुरमा मलीबस्ती ससुराली घरमा बस्दै आएको थियो । श्रीमती संग घराइसी विवादका कारण इटा र जस्ताले बनेको घरको फलामको पाईमा दिउसो अन्दाजी १:२० बजे पासो लगाई झुण्डिएको ईलाका प्रहरीले बताएका हुन् ।

मृतक मलीको शव पोष्टमार्टमका लागि प्रदेशिक अस्पताल गौर पठाइएको छ भन्ने घटनाको बारेमा थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय मौलापुरका प्रहरी निरीक्षक नन्दकिशोर चौहानले जानकारी दिनुभएको छ ।
-
विद्यालय व्यवस्थापन समितिका पदाधिकारी हरू बिच छलफल।
कृष्णनगर, फागुन २५ रौतहट न्यूज़// युनिसेफ नेपाल र कृष्णनगर नगरपालिकाको सहकार्यमा बाल बालिका माथि हुने सबै प्रकारका हिंसा लगायत अनुसासनको...
- माधव नारायण नगरपालिकाको पाँचौ नगर सभा सम्पन ,
- रौतहटको एकै पालिकामा दुई को मृत्यु , प्रहरीको थप्प अनुसन्धान जारी।
- एमाले महिला मेयर रीनाकुमार साह द्वारा नगर भरी विजयी जुलुस ।