• - राजकुमार यादव

    रौतहट न्यूज़// आज शुक्रवार रौतहटको गरुडामा खानेपानी मन्त्री अब्दुल खांनलाई स्थानीय तथा जनमत पार्टीका कार्यकर्ताले भव्य स्वागत गरिएको छ ।

    जनमत पार्टीको बरिष्ट उपाध्यक्ष रहेका खांन ” अभिवादन तथा भेटघाट कार्यमा पार्टीको कार्यकर्ताहरुलाई फूलमला लगाई अभिवादन आदान प्रदान गरेका हुन् । नेपाल सरकारको खानेपानी मन्त्री रहेका खानंले रौतहट जिल्लालाई प्रथम प्राथमिकता राख्ने बताएका छन् । कार्यक्रममा मन्त्री खांनले जनमत पार्टी मजबुत बनाउन कार्यकर्ता संग आग्रह गरेका छन् ।

    यसअघि खानेपानी मन्त्रालयको जिम्मेवारीमा असन्तुष्टि जनाउँदै पदभार ग्रहण नगर्ने अडान लिएका मन्त्री खान सरकार इमन्दार न रहेको अरोप लगाएका हुन् । ११ पुसमा जनमत पार्टीबाट मन्त्री बनेका खानलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ३ माघमा खानेपानी मन्त्रीको जिम्मेवारी दिएका थिए ।

    पूर्वसहमति अनुसार उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालय नै पाउनुपर्ने भन्दै उनले कार्यभार सम्हाल्न मानेका थिएनन् ।  मन्त्री खानका अनुसार प्रधानमन्त्रीको विशेष आग्रहमा ११ गते बुधबार दिउँसो २ बजे पदभार ग्रहण गरेको थियो । जनमत पार्टीको संगठन कमजोर रहेकोले सरकार हामी संग इमन्दारी न गरेको बताउदै खांनले अब जनमत पार्टीलाई मजबुत बनाउन आग्राह गरेका हुन् ।

    उनले कार्यक्रममा बोल्दै बोतलका लेबल लगाएको पानी होइन् सिंहदरवारमा धाराको पानी उपलब्ध गराउने बताएका छन् । सिंहदरबारमा नै धारा जडानको काम सुरु भएको बताउनु भयो ।  त्यस्तै मन्त्री खानले नेपालबाट विदेश पानी निर्यात गर्ने योजना बनाएका पनि बताउनु भयो ।