Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wordpress-seo domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/rautahatnews/public_html/wp-includes/functions.php on line 6114
मौलापुर बहु प्राविधिक शिक्षालयको दोस्रो स्वागत समारोह सम्पन्न । - Rautahat News
  • - राजकुमार यादव

    रौतहट न्यूज // मौलापुर बहु प्राविधिक शिक्षालयले दोस्रो स्वागत कार्यक्रम सम्पन  गरेको छ । यस शिक्षालयमा डिप्लोमा इन सिभिलमा २९  र डिप्लोममा इन जियोंमेटिक्समा ४८ जाना गरी जम्मा नयाँ ७७ छात्रछात्रा प्रवेशार्थी विधार्थीहरुलाई गत वर्ष देखी पढदै आएका विधार्थीहरुले कार्यक्रम वीच फूल माल लगाई स्वागत गरेका छन् ।


    स्वागत कार्यक्रम वीच बहु प्राविधिक शिक्षालयका प्रमुख मुकेश यादवले आगमी अर्थिक वर्षमा दुई वटा फैकेल्टी थप्प हुने बताएका हुन् । उक्त कार्यक्रममा शिक्षालय प्रमुख यादवले डिप्लोमा इन फार्मेसी र  diploma in medicine थप्प हुने बताउनु भयो।

    शिक्षालय प्रमुख मुकेश यादवको अध्यक्षतामा भएको उक्त कार्यक्रममा मौलापुर नगरपालिकाकी मेयर रीना कुमारी साहको  प्रमुख अतिथि रहेको थियो । कार्यक्रम क्याम्पस चौक अवस्थित मौलापुर बहु प्राविधिक शिक्षालयको आफ्नै भवन कम्पाउण्ड भित्र आयोजना  गरिएको थियो । सो कार्यक्रमलाई नगर प्रमुख साहले दीप प्रज्वलन गरी उद्धघाटन गरेको थियो । कार्यक्रममा नवप्रवेशी विधार्थीहरुलाई माला , टीका र गम्छा ओढाई साहले स्वागत गरेकी छीन ।

    स्वागत  कार्यक्रममा  मेयर साहले यस मौलापुर बहु प्राविधिक शिक्षालयमा केही कमी कमजोरी भएको खण्डमा सर्व प्रथम बहु प्राविधिक शिक्षालयका प्रमुख यादवलाई जानकारी गराउने र उहाले तपाईहरुको गुनासो न सुनेको भए आफु लाइ  जुनसुकै  बेला आफ्नो घर तथा नगर प्रमुखको कक्षमा पुगेर शिक्षालयको समस्याबारे जानकारी गराउन शिक्षालयमा अध्यनरत विद्यार्थीहरुलाई अनुरोध गर्नु भयो।


    यस्तै स्वागत  कार्यक्रममा उप मेयर नागेन्द्र प्रसाद यादवले आउदा दिनहरुमा नगरपालिका द्वारा सक्दो सहयोग गरी नयाँ तथा पुरानो विद्यार्थीहरुको उज्वल भविष्यको कामना गर्नु भएको थियो। त्यस्तै कार्यक्रम सम्बोधन गर्दै मौलापुर नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबाबु प्रसाद साहले आजका बिद्यार्थी भोलि देश बनाउने ठाउँमा पुग्नुपर्ने अवस्था रहेको हुँदा सबैलाई राम्ररी पढाई गरी भोलीको दिन उच्च शिक्षा हासिल गर्न जादा आफुलाई धेरै खुसी हुने बताउनु भयो। सो कार्यक्रममा वडा ५ का वडाध्यक्ष चन्द्रशेखर साह , मौलापुर ईलाका प्रहरी कार्यालयबाट खटिएको सुरक्षाकर्मी लगायत मौलापुर एफ एमका पत्रकारहरुको उपस्थिती रहेको थियो ।