-राजकुमार यादव
रौतहट न्यूज़// सतारुढ गठबन्धनको समर्थन रहेको रौतहट क्षेत्र न.३ का प्रतिनिधि सभा सदस्य पदका स्वतन्त्र उम्मेदवार प्रभु साहलाई असहयोग गरेको भन्दै नेकपा माओवादी केन्द्रले रौतहटका नेताद्वय धिरज पटेल र बिन्देश्वर यादवलाई पार्टीबाट निस्कासित गरेको छ।

संविधानको रक्षा,स्थिरता र समृद्धिका लागि गठबन्धनको नारा सहित २०७९ मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभाको चुनामा प्रतिगमनको विरुद्धमा भूमिका निर्वाह गर्नु भएको नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले कारण देखाएका छन् ।

रौतहट क्षेत्र नं. ३ को स्वतन्त्र उम्मेदवार प्रभु साहलाई नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्रले सहयोग गर्नु पर्ने निर्णय गरेकोले सो को लागि रौतहट क्षेत्र न ३ कै नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रबाट उम्मेदवारी दिनु भएको रविन्द्र पटेल भन्ने धिरजलाई केन्द्रीय समितिले पटक पटक आग्रह तथा निर्देशन गर्दा पनि सो लाई अटेर गरी आफ्नो उम्मेदवारी कायम राखी अनावश्यक प्रचार प्रसार गरी राखेकोले नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले अन्तरिम विधान २०७८ को धारा ७१ (छ) को पार्टीको सिद्धान्त, कार्यक्रम, नीति प्रभावित भएकोले धारा ९(१) (ग) बमोजिम पार्टीले अनुशासनको कारबाही गरी आजको मिति देखि नै लागु हुने गरी साधारण सदस्य समेतबाट निष्कासन गरिएको नेकापा माओवादी पार्टीका मधेश प्रदेश इन्चार्ज गणेश साहले पत्र जारी गरी जनकारी गराएको छ ।

त्यस्तै नेकपा माओवादी पार्टीका प्रदेश कमिटि सदस्य विन्देश्वर यादवलाई पनि अनुशासनको कारबाही गरी साधारण सदस्य समेतबाट निष्कासन गरिएको छ । स्वातन्त्र उम्मेदवार साहलाई सहयोग गर्ने तथा चुनाव जिताउने भुमिका खेल्नुको साटो अन्य स्वतन्त्र उम्मेदवारलाई नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र को निर्णयको विरुद्धमा यहाँको प्रत्यक्ष संलग्नता रहेको भन्दै नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले जिल्ला समन्वय समिति रौतहटलाई पत्रचार गरेको हो
-
विद्यालय व्यवस्थापन समितिका पदाधिकारी हरू बिच छलफल।
कृष्णनगर, फागुन २५ रौतहट न्यूज़// युनिसेफ नेपाल र कृष्णनगर नगरपालिकाको सहकार्यमा बाल बालिका माथि हुने सबै प्रकारका हिंसा लगायत अनुसासनको...
- माधव नारायण नगरपालिकाको पाँचौ नगर सभा सम्पन ,
- रौतहटको एकै पालिकामा दुई को मृत्यु , प्रहरीको थप्प अनुसन्धान जारी।
- एमाले महिला मेयर रीनाकुमार साह द्वारा नगर भरी विजयी जुलुस ।