• - राजकुमार यादव

    रौतहट न्युज़// मौलापुर नगरपालिका स्थित लक्ष्मीनीया मावि नजिकै राती लोडर टेम्मपु र मोटरसाइकल एकापसमा ठक्कर दिदा एक जानाको मृत्यु भएको छ भने एक जना गम्भिर घाइते भएका छन् ।

    मौलापुर चौकबाट मर्यादपुरतर्फ जाँदै गरेको प्रदेश २-०३-००१ स ६६६७ नम्बरको लोडर टेम्पु र मर्यादपुर देखी सिम्रौनगढ़ तर्फ जादै गरेको BR 05 V 8604 भारतिय नम्बरको मोटरबाइक ठोक्किँदा मोटरसाइकल चालक सिम्रौनगढ़ नगरपालिका – ८ कचोर्वा बस्ने इजराई मियाको छोरा अन्दाजी ३२ वर्षका असलम आलम पैठानको न्यूरो होस्पिटल गण्डकमा उपचारको क्रममा राती १ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

    सोमबार राति ११ बजे उत्तरबाट दक्षिणमतर्फ आउँदै गरेको मोटरसाईकल र विपरीत दिशाबाट जाँदै गरेको लोडर टेम्पु एकापसमा ठक्कर खाएको थियो ।  दुर्घटनामा मोटरसाईकल चालक पैठानको मृत्यु भएको छ भने घाइते भएका मोटरसाईकलमा पछाडी सवार सोही नगरपालिका- ८ कचोर्वा बस्ने ३१ वर्षीय अजय पटेलको उपचार न्यूरो होस्पिटल गण्डकमा भइरहेको छ ।

    लोटर टेम्पु चालक परोहा नगरपालिका १ सबजी टोल बस्ने सेख तहिदको छोरा अन्दाजी २४ वर्षको मोमताज़ आलमलाई मौलापुर ईलाका प्रहरी कार्यलयको नियन्त्रणमा रहेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।