Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wordpress-seo domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/rautahatnews/public_html/wp-includes/functions.php on line 6114
सत्तागठबन्धन सहीत हामी प्रभु साहको साथमा हुँ- सत्यनरायण भगत - Rautahat News
  • -राजकुमार यादव
    रौतहट न्यूज़ // देवाही गोनाही नगरपालिकाका वाड नं ७ गोनाहीमा रौतहट क्षेत्र ३  प्रतिनिधि सभा सदस्य पदका स्वतन्त्र उम्मेदवार पुर्व मन्त्री प्रभु साह एंव प्रदेश सभा सदस्य ३ ’ख’ का स्वतन्त्र उम्मेदवार कुन्दन कुशवाहाको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। सो कार्यक्रममा हजारौं संख्यामा  जनसमुदायको उपस्थिती रहेको थियो।  

    उक्त अन्तरक्रिया कार्यक्रममा  नेकपा माओवादी पार्टीका केन्द्रीय सदस्य तथा पुर्व मन्त्री सत्य नरायण भगतको पनि उपस्थिति रहेको थियो। पूर्व मन्त्री भगतले केन्द्रको समर्थन स्वरूप सत्ता गठबन्धनका उम्मेदवार प्रभु साहलाई नै मान्नु पर्छ भन्ने माओवादी पार्टीका नेताहरु लाई औगत गराएका हुन् । कार्यक्रममा भाषण दिदै भगतले बताए अब देखि मेरो सहयोग स्वतन्त्र उम्मेदवार पुर्व मन्त्री साहलाई नै रहेको हुनाले  प्रतिनिधि सभा सदस्य पदको स्वतन्त्र उम्मेदवार साहको निर्वाचन चिन्ह चापाकल तथा  प्रदेश सभा सदस्य ३  ’ख’ पदका उम्मेदवार कुशवाहाको लाल्टेन छापमा आफ्नो अमुल्य मतदान गरी विजय बनाउन उपस्थित जान समुदायलाई आग्रह गर्नु गरेका हुन् ।

    साहलाई रौतहटमा विकासको काम गर्ने नेताको रूपमा मतदाताले औँल्याउन थालेका छन् । रौतहटमा पूर्व मन्त्री साह  प्रदेशका मन्त्रीहरू र संघिय सरकारको मंत्रीहरु मध्ये सबैभन्दा बढी काम गर्ने मन्त्रीका रूपमा चिनिएका छन् । उनले आफ्नो कार्यकालमा गरेका महत्त्वपूर्ण कामहरूले नै जनताको मन जितेको दाबी गरेका छन् । निरन्तर क्षेत्रका जनताको काममा सक्रिय रहेका साहले दिनरात खटेर ३ नम्बर क्षेत्रको बिकाश गरेको प्रति जनता धेरै खुसी भएको प्रतिक्रिया दिएका हुन्  ।

    रौतहट क्षेत्र नम्बर ३ का स्वतन्त्र उम्मेदवार साह  सेफ जोनमा देखिएको छ। साहका चिर प्रतिद्वन्द्वी नेपाली काँग्रेस रौतहटका सभापति सुनिल यादव उर्फ जितेन्द्र यादव सत्तागठबन्धन नेपाली कांग्रेसबाट रौतहट क्षेत्र ३ ‘ख’ प्रदेश सभाका लागि उम्मेदवारी दिएका हुन् । अर्का बलिया उम्मेदवार ठानिएका पूर्व राज्यमन्त्री गोविन्द चौधरीले गठबन्धनका कारण मनोनयन नै दिन नपाएपछि साह बलियो अवस्थामा रहेका स्थानिय हरुको भनाइ रहेका  छन्।