• -सर्लाही
    रौतहट न्यूज़// यसपालिको निर्वाचनमा सर्लाही निर्वाचन क्षेत्र नंबर १ (१) मा विभिन्न उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । चुनावी मैदानमा धेरै उम्मेदवार भएपनि चर्चामा भने केहि मुख्य उम्मेदवार मात्र छन् ।

    सर्लाही १ (१) मा प्रदेश सभाका लागि सत्ता गठबन्धनबाट लोसपाका उपेन्द्र महतो र स्वतन्त्र युवा उम्मेदवार चन्द्रभुषण साह (सीबी साहं) चुनावी मैदानमा आमनेसामने छन् ।

    सत्ता गठबन्धनका उम्मेदवार ‘टेस्टेड’ उम्मेदवार हुन् । उनी यही क्षेत्रबाट चुनाव जितेका थिए । तर, चुनाव जितेर जन्मभूमि र जनतालाई उनले बिर्सेको आरोप क्षेत्रका अधिकांश जनताको छ । यसपालि भएको चुनाव केन्द्रित गठबन्धनलाई पार्टी भित्रका अधिकांश नेता कार्यकर्ताले अन्तरमनबाट स्वीकार गर्न नसकेको अवस्था तथा उनीप्रतिको असन्तुष्टि मतदातामा व्याप्त रहेको कारणले गर्दा समेत मतदाताले यसपालि ‘जाती, पावर-पैसा र पार्टी’भन्दा माथि उठेर ‘बदलाव र विकास’को पक्षमा मतदान गर्ने मुड बनाएकाले समेत उनलाई खासै राम्रो मत पर्ने सम्भावना देखिँदैन ।

    अहिले देशभर सक्षम स्वतन्त्र युवा उम्मेदवारप्रति रहेको लोभलाग्दो क्रेज र मतदाताले पनि परम्परागत राजनीतिबाट मुक्ति खोजेकाले युवा नेता चन्द्रभुषण साहले प्रदेश सभा सदस्य पदमा ‘एकछपा’ मत पाउने देखिएको छ । क्षेत्रको राजनीतिक शक्ति सन्तुलन र सामाजिक धरातललाई समेत ध्यान दिने हो भनेपनि बौद्धिक र विकासप्रेमी युवा नेताको छवि बनाउन सफल चर्चित स्वतन्त्र उम्मेदवार सीबी साहले यसपालिको चुनावमा बाजी मार्न सक्छन् ।

    यसपालि सत्ता गठबन्धनबाटै नेकपा (माके) का रामचन्द्र सिंह कुशवाहा पनि चुनावी मैदानमा रहेकोले गठबन्धनको मत विभाजन हुने लगभग प्रायः निश्चित छ । जसपा एमाले गठबन्धनबाट अधिकांश नेताले अस्वीकार गरेको चुनावी टिकटकैं लागी मनोनयन दर्ताको समयमा जसपा प्रवेश गरेर उम्मेदवार बनेका अहमद मिया मुकेरीको भने खासै चर्चा छैन ।

    यस क्षेत्रमा अहिलेसम्म देखिएको रुझानको हिसाबले हेर्ने हो भने मतदाताले स्वतन्त्र ढंगले मतदान गरे स्वतन्त्र युवा उम्मेदवार सीबी साहले बाजी मार्न सक्ने सम्भावना अधिक देखिन्छ ।